काठमाडौं । पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा भएको भनिएको घोटालामा तीन जनालाई दोषी ठहर्याउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज (आइतबार) विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले कोषका पूर्व र वर्तमान सदस्य–सचिवद्वयः डा. प्रदीपकुमार ढकाल र वर्तमान सदस्यसचिव मिलनकुमार थापा तथा स्टोरकिपर अरूणकुमार श्रेष्ठविरुद्ध जनही एक करोड १७ लाख एक हजार ७८१ रुपैयाँ ८ प्रतिशत पैसा बिगो कायम गरी सो बराबर जरिवाना रकम माग गरेको छ ।
स्टोरकिपर श्रेष्ठले सुनको जलहरी निर्माणका क्रममा रुद्रगाडेश्वरमा बाँकी रहेको सुनसमेत २०७७ फागुन २० गते राति डा. मिलन कुमार थापासँग मिलेमतो गरी रिङ्ग बनाउने भनी कोषको आधारिकारिक निर्णय तथा मुचुल्का बेगर झिक्न सघाएका थिए ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पालामा फागुन १२ गते पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सुनको जलहरी राखिएको थियो । त्यसअघि पशुपति पुगेका ओलीले सुनको जलहरी राख्न सरकारले रकम उपलब्ध गराउने बताएका थिए । पूर्वराजा महेन्द्रले वि.सं. २०२प्रतिशत सालमा राखेका चाँदीको जलहरी हटाएर सुनको जलहरी राख्ने निर्णय तत्कालीन ओली सरकारले गरेको थियो ।
सरकारको निर्णयअनुसार पशुपति क्षेत्र विकास कोषले जलहरी राख्ने जिम्मा लिएको थियो । तर, जलहरीका नाममा करोडौं घोटाला भएको भन्दै संसदमा आवाज उठेपछि धार्मिक तीर्थस्थलमै भ्रष्टाचार भएको गन्ध फैलिएको थियो ।
त्यसपछि पशुपति जलहरी प्रकरणले ठूला भ्रष्टाचारका काण्डकै रूप लिएको छ । अख्तियारले पनि जलहरी काण्डमा लाख नभई करोड भ्रष्टाचार भएका निष्कर्षसाथ आरोपीविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो ।
१० वटा पत्र र मुचुल्कामाथि अनुसन्धान
जलहरी सुन काण्ड छानबिन क्रममा अख्तियारले पत्र र मुचुल्का गरी १० वटा कागजात अध्ययन गरेको जनाएको छ ।
सुनको जलहरी राख्नेबारे पशुपति क्षेत्र विकास कोषका संचालक परिषद्को पत्र, पशुपतिनाथ मन्दिरका मूलभट्टको निवेदन, श्रीको जलहरी निर्माण व्यवस्था समिति गठन भएको पत्र र पशुपति क्षेत्र विकास कोष संचालक परिषद्को रकम निकासा सम्बन्धीको पत्रमाथि अनुसन्धान भएको अख्तियारले जानकारी दिएको हो ।
यसैगरी अख्तियारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पशुपतिनाथको मन्दिरमा सुनको जलहरी निर्माणको लागि ३० करोड रुपैयाँ रकम निकासाका लागि अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखालाई लेखिएको पत्र र अर्थ मन्त्रालय सिंहदरबार काठमाडौंको सुनको जलहरी निर्माण गर्न आवश्यक पर्ने सुन नेपाल राष्ट्र बैंकसंग खरिद गर्ने, खरिद गरेको सुनको नेपाल राष्ट्र बैंकलाई भुक्तानी गर्नुपर्ने रकममध्ये कोषको स्रोतबाट अपर्याप्त हुने रकममध्ये ३० करोड रुपैयाँ कोषलाई उपलब्ध गराउने गरी खरिद प्रक्रिया अगाडि बढाउन सहमति दिने भन्ने समेत ब्यहोराको पत्रमाथि पनि अनुसन्धान गरेको थियो ।
सुनको जलहरी निर्माण कार्यका लागि कार्यटोली गठन भएको पत्र, सुन खरिद बिक्री सम्बन्धी सम्झौता पत्र, लकरमा सुन राखिएको मुचुल्का, सुनको जलहरी निर्माण कार्य आरम्भ गरिएको मुचुल्का, नेपाल राष्ट्र बैंक गभर्नरको कार्यालय बालुवाटारको १० किलोग्रामसम्म सुन र दुई किलोग्राम सम्म चाँदी डेपुटी गभर्नर र सोभन्दा माथि गभर्नरबाट भएको निर्णय तथा कोषको माग बमोजिमको सुन बिक्री गरिएको र नेपाल राष्ट्र बैंक सुन चाँदी तथा अन्य धातु खरिद, टकमरी र बिक्री सम्बन्धी कार्यबिधि, २०७५ को दफा १० (छ) बमोजिम कच्चा सुन चाँदी ९९९ टच भन्दा कम गुणस्तरको मात्र बिक्री गर्न मिल्ने व्यवस्था रहेकोले कोषबाट सोही बमोजिम कम टचको सुन खरिद गर्न मन्जुर गरी मिति २०७७ माघ २६ मा बैंकसँग सम्झौता गरी बैंकको मौज्दातमा रहेको सुन बिक्री गरिएको भन्ने ब्यहोरा पत्रसमेत अध्ययन गरेको आयोगले जानकारी दिएको छ ।
पूर्व र वतर्मान सदस्य-सचिव नै संलग्न
जलहरीको सुन अपचलन गर्न कोषका पूर्व र वर्तमान सदस्य-सचिव नै संलग्न रहेको पुष्टि भएको आयोगले जनाएको छ ।
पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य-सचिव डा. प्रदीप ढकाल सुनको जलहरी निर्माण समितिको संयोजक थिए । तत्कालीन कोषाध्यक्ष तथा हालका सदस्य सचिव डा. मिलनकुमार थापा समेतले यो कामको आर्थिक जिम्मेवारी लिएका थिए ।
उनीहरूले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी निर्माण गर्दा प्रयोग हुने बहुमुल्य सुन लगायतका धातुहरूको उचित संरक्षणको प्रबन्ध गर्नुपर्ने, सुनको जलहरी बनाउनेजस्तो संबेदनशील विषयमा सम्बन्धित आधिकारिक ज्ञान भएको विज्ञ ब्यक्तिसँग मात्र जलहरी निर्माणको कार्य अगाडि बढाउनुपर्ने थियो ।
तर, सो नगरी उनीहरूले सुनसम्बन्धी काम गर्न सक्ने सम्बन्धित निकायबाट ईजाजत नलिइएको अनाधिकृत ब्यक्तिलाई कालिगढको रूपमा काममा लगाई सुनको जलहरी निर्माण काम अघि बढाएका थिए ।
१३.७७३ ग्राम सुन किनियो, जलहरीमा १०.८५ किलोमात्रै
जलहरी राख्न नेपाल राष्ट्र बैंकबाट १०३,७७३.१ ग्राम शुद्ध सुन खरिद गरिएको, तर १०२६१४ ग्राम देखिन आएको अख्तियारले जनाएको छ । सुनको जलहरी निर्माणमा प्रयोग भएको सुन, चाँदी, तामासमेत गरी कुल १०६,४३२.५ ग्राममध्ये शुद्व सुन १०००८५.९ ग्राम देखिन आएको आरोपपत्रमा उल्लेख छ ।
रुद्रगाडेश्वरमा बाँकी रहेको चाँदी, तामासमेत गरी १०३७.५ ग्राममा शुद्व सुन ९६२.६ ग्राम देखिएको छ । सुनको जलहरीमा प्रयोग भएको चाँदी, तामासमेत मिसावट गरी हुन आउने १०६,४३२.५ ग्राम सुन र रुद्रगाडेश्वरमा बाँकी रहेको चाँदी, तामा समेत मिसावट गरी हुन आउने १०३७.५ ग्राम सुन गरी जम्मा तौल १०७,४७० ग्राममध्ये शुद्व सुन १०१,०४८.५ ग्राम मात्र रहेको देखिन आएको अख्तियारले जनाएको छ ।
राष्ट्र बैंकबाट खरिद गरिएको १०३,७७३.१ ग्राम सुनमध्ये शुद्व सुन १०२६१४.० ग्रामबाट सुनको जलहरी निर्माणमा प्रयोग भएको सुन तथा निर्माणका क्रममा बाँकी रहेको सुनसमेत गरी शुद्व सुन १०१,०४८.५ ग्राम घटाउँदा १५६५.६ ग्राम शुद्व सुनको परिमाणमा अन्तर (फरक) देखिएको अख्तियारको ठहर छ ।
जर्तीबापत नेपाल राष्ट्र बैंकले प्रचलनमा ल्याएको जर्ती मापदण्ड अनुसार हुने ०।०७२ प्रतिशतले हुन आउने ७३।८८२०८ ग्राम सुन घटाउँदा बाँकी हुन आउने १४९१.७१८ ग्राम (एक किलो चार सय एकान्नब्बे ग्राम सात सय अठार मिलिग्राम) सुन प्रतिवादीहरू डा. प्रदीप ढकाल र डा. मिलन कुमार थापाले हिनामिना गरेको देखिएको अख्तियारले आरोपपत्रमा लेखेको छ ।
उक्त हिनामिना गरेको सम्बन्धमा डा. प्रदीप थापा र डा. मिलन कुमार थापाको भूमिका हेर्दा २०७७ फागुन ११ गते राति ८ बजे गरिएको मुचुल्कामा मिति २०७७ माघ २९ गतेदेखि विभिन्न मितिमा भएका मुचुल्का अनुसार प्राप्त हुन आएको सुनलाई रुद्रगाडेश्वरस्थित नेपाली सेनाको सुरक्षामा पशुपतिनाथको सुनको पिठिका (जलहरी) निर्माण भइरहेको उल्लेख थियो । तर, फागुन ११ गते मुचुल्का बनाइ ‘आजका मितिमा उक्त सुनको पिठिका जलहरी निर्माण कार्य सम्पन्न भई जलहरीका सामानहरूको जोखतौल गरी सम्पन्न भएको र जलहरी बनाएर टुक्राटाक्री अवस्थामा १०९७६ ग्राम सुन बाँकी रहेको’ उल्लेख गरिएको थियो ।
तर सोही राति ११ बजे अर्को मुचुल्का बनाइ ९६ किलो ८२२ ग्राम भएको सुनको जलहरीलाई पशुपतिनाथको मन्दिरमा अपर्ण गरियो भनी मुचुल्का टुङ्ग्याइएको थियो । रिङ्गसमेत जलहरीमा नलगाइएको अवस्थामा पनि सोही मुचुल्कामा साथै बाँकी रहेको सुनको टुक्राहरू रिङ्ग बनाइ जलहरीमा लगाइयो भनी वाक्यांश थप गर्न डा. प्रदीप ढकालले लगाएको भनी कोषका सह(सहायक बासुदेव रिमालले खुलाएको देखिएको छ ।
२०७७ फागुन ११ गतेसम्म रुद्रगाडेश्वरस्थित सेफबाट सुन बाहिर निकाल्दा तथा राख्दा समेत सम्पूर्ण मुचुल्काहरू गरिएपनि रिङ्ग बनाउने क्रममा मिति २०७७ फागुन ११ गतेपछि कुनै पनि मुचुल्काहरू नगरी अनाधिकृत रूपमा रुद्रगाडेश्वरस्थित सेफबाट सुन बाहिर निकालिएको थियो ।
प्रयोगमा ल्याएको सुनको हिनामिना गर्ने नियतका साथ मिश्रणमा सुनको मात्रा १४९१.७१८ ग्राम घटाइएर चाँदी र तामाको मात्रा बढाइएको थियो । चाँदी र तामा क्रमश: १४४१ ग्राम तथा ७३२।६२ ग्राम बढाइएको अख्तियारले जनाएको छ ।
२०७७ फागुन २० गते सुनको जलहरी निर्माणका कार्यटोली सदस्यहरूलाई जानकारी नै नदिई उक्त दिन कोषका तत्कालीन कोषाध्यक्ष डा. मिलन कुमार थापा, बिसेट नाइके (स्टोर किपर) अरूणकुमार श्रेष्ठसमेत भई रिङ्ग बनाउन भनी मुचुल्कासमेत नगरी अनाधिकृत रूपमा रुद्रगाडेश्वर ज्यासलमा सेफभित्र रहेको सुन बाहिर निकालेका थिए । सो सुन उनीहरूले शिल्भर रोलिङ्ग सर्भिसमा लगी रिङ्ग र पेच किलासमेत बनाएको देखिएको छानबिन प्रतिवेदनमा उल्लेख छ ।
यसको जानकारी तथा सूचना उनीहरूले कार्यटोलीका अन्य सदस्यहरूलाई दिएका थिएनन् । सोही दिन बिना मुचुल्का रिङ्ग तौलसमेत नगरी जलहरीमा राखिएको पाइएको छ । रिङ्ग बनाइ बाँकी रहेको सुन के कति परिमाणमा रहेको भन्ने सम्बन्धी नापतौल तथा मुचुल्का समेत नगरी सुनको हिनामिना गर्ने नियतले अपारर्दर्शी ढंगले राखेको आरोपत्रमा उल्लेख छ ।
अनुसन्धानको क्रममा नेपाल गुणस्तर तथा नापतौल विभागमा कार्यरत निरीक्षक विशाल जिरेलसमेतले अख्तियारलाई उपलब्ध गराएको तथ्याङ्कहरूको आधारमा प्रतिवेदन तयार गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारका अनुसार सुन हिनामिना गर्न प्रतिवेदनमा उल्लिखित १.५६५६ केजी शुद्ध सुनको अन्तर वास्तविक हो, यसबाट वास्तविक शुद्व सुनको परिमाण यकिन गर्न सकिन्छ भन्ने समेतको ब्यहोरा खुलाई कागज गरेको देखिएको छ । २०७७ फागुन २० गतेका कोषको आधिकारिक निर्णय तथा मुचुल्का बिना रिङ्ग बनाउने भनी सुन लिई रिङ्ग बनाएको देखिएको छ ।
यो काममा कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकाल र तत्कालीन कोषाध्यक्ष (हालका सदस्य सचिव) डा. मिलनकुमार थापाले आफूहरूकै निर्देशनमा रिङ्ग जडान गर्ने तथा बाँकी रहेको सुन राख्ने क्रममा बिना मुचुल्का अनाधिकृत रूपमा गरेको भन्ने निजहरूको बयान दिएका छन् ।
बयान र कागजात समेतबाट अनियमितता गरेको खुलेको हुँदा बदनियतपूर्बक सुनको जलहरी निर्माणको क्रममा १४९१.७१८ ग्राम सुन हानिनोक्सानी भएको उल्लेख छ । सो परिमाणको सुनको मूल्य त्यतिखेर राष्ट्र बैंकसँग किनेको मूल्यमा एक करोड सत्र लाख एक हजार सात सय एकासी रुपैया पचासी पैसा हुन आउँछ ।
शिखण्डी बनेका थिए स्टोरकिपर श्रेष्ठ
कोषमा कार्यरत बिशेट नाइके (स्टोरकिपर) अरूणकुमार श्रेष्ठको जिम्मेवारी पशुपतिनाथ मन्दिरभित्र सुनको जलहरी निर्माणका क्रममा नेपाल राष्ट्र बैंकबाट खरिद गरिएको सुन लगायत सोही कार्यमा अन्य दाताहरूबाट प्राप्त सुन, चाँदी, तामासमेतको अभिलेख गरी पार्दशीरूपमा दुरुस्त राख्नुपर्ने हो ।
तर, त्यसो नगरी उनले सुनको जलहरी निर्माणका क्रममा रुद्रगाडेश्वरमा बाँकी रहेको सुनसमेत २०७७ फागुन २० गतेका दिन डा. मिलन कुमार थापाको मिलेमतो योजनामा रिङ्ग बनाउने भनी कोषको आधारिकारिक निर्णय तथा मुचुल्का बेगर झिक्न सघाएका थिए ।
सुनको जलहरी निर्माणका क्रममा निर्माणस्थलको बिहान तथा दिउँसोको दुबै सिफटको कार्यटोलीमा श्रेष्ठ नै खटिइने गर्थे । तर उनैले कोषको आधिकारिक निर्णय, कोषका जिम्मेवार सदस्य तथा कार्यटोलीका सदस्यहरूलाई समेत तत्कालै जानकारी नदिई बिना नापतौल तथा मुचुल्का गैरजिम्मेवारी तवरले आफनो जिम्मामा रुद्रगाडेश्वर ज्यासलस्थित सेफमा बाँकी रहेको सुन रिङ्ग बनाउने भनी कोषका तत्कालीन कोषाध्यक्ष डा. मिलन कुमार थापाको निर्देशन खुरुखुरु मानेका थिए ।
निर्देशन दिदाँका बखत कुनै प्रतिवाद नगरी सुन उपलव्ध गराएको एवं सुनको जलहरी निर्माणमा प्रयोग भएको सुन, निर्माणका क्रममा बाँकी रहेको सुनसमेत के कति थियो भन्ने विषयमा तत्काल तौल तथा मुचुल्कासमेत पारदर्शी रूपमा ब्यबस्थित नगरी बदनियत, लापरवाही तरिकाले आफूलाई दिएको जिम्मेवारीलाई बेवास्ता गरेको आरोपपत्रमा उल्लेख छ ।