काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पेले ले आउदै गरेको राष्ट्रिय चाड दशैं , तिहार तथा छठलार्ई लक्षित गर्दै आइएमई पे डिजिटल दशैं तिहार’ अभियान सार्वजनिक गरेको छ।
असोज १४ गते देखी शुरु भई मङ्सिर ३ गते सम्म चल्ने ५० दिनको उक्त अभियान अन्तर्गत हरेक दिन ५० जना भाग्यशाली सेवाग्राहीहरुले बिभिन्न कारोबारको लागि क्यासब्याकको प्रोमो कोड प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीले अल्टिमा लाइफस्टाइलको गिफ्ट ह्यम्पर पनि प्राप्त गर्नेछन्। भने अन्त्यमा ८ जना भाग्यशाली विजेताले ५०,००० रुपैयाँ बराबरको शप्पिङ गिफ्ट ह्यम्पर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
यस संगै आइएमई पे मार्फत रेमिटेन्स प्राप्त गर्दा हरेक महिना १ जनाले १ लाख रुपैया प्राप्त गर्ने र बम्परमा १ करोड प्राप्त गर्ने डबल मौका रहको आइएमई पेका सीइओ प्रविन रेग्मी ले बताएका छन्। यस अफर सम्बन्धि विस्तृत जानकारी तथा नियम र सर्तहरु आइएमई पेको आधिकारिक वेभ पेजमा उपलब्ध हुनेछ ।