महरा प्रकरणः महिलाले नखुलाएको कथा - Aarthiknews
aarthiknews.com विहीबार, ३० असोज २०७६   Thursday, 17 October, 2019
 
Bajaj_Bike

महरा प्रकरणः महिलाले नखुलाएको कथा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ असोज २०७६
Sunrise bank
महरा प्रकरणः महिलाले नखुलाएको कथा
LBEF
NCH-IPS

काठमाडौं । २०६८ सालमा दुर्घटनामा परेर आमाले संसार छाड्दा उनलाई ठूलो शोक पर्यो । त्यसैको असरले उनी गम्भीर डिप्रेसनको सिकार भइन्, औषधि खान थालिन । निद्रा लाग्ने औषधि खान थालेको पनि त्यतिबेलै हो। बिमारकै कारण उनको स्वभावमा बारम्बार अदलबदल भइरहयो।

कहिले कसैसँग बोलिनन, कहिले सबैसंग झगडा गरिन् । घरमा धेरै सामान फुटे, संसद सचिवालयका सहकर्मी रुष्ट हुँदै गए, आफन्त र नातेदार टाढिदै गए। गहिरो प्रेममा परेर बिहे गरेका श्रीमान् को माया पनि उनी डिप्रेसनमा गएपछि बिस्तारै तैरिदै तैरिदै किनारा लाग्यो । ‘म त एक्ली छु बाँच्नै मन लाग्दैन, मर्छु भनेर दुईपटक कोसिस गरें, मरिनँ,’ रोशनी शाहीले यसो भनिरहँदा अनुहार भावशून्य थियो । बुधबार साँझ साढे ७ बजेतिर म उनको कोठामा छिर्दा नीलो सलले टाउको बाँधेर सोफामा सुतिरहेकी थिइन । मलाई देख्नेबित्तिकै हत्तपत्त उठेर हात जोड्न तम्सिएकी उनको हात थरथराइरहे । सोधे, ‘सञ्चो छैन ?’ उनले ‘हो’ भनेर टाउको हल्लाइन् । मलाई रोशनीसँगै कोठामा छाडेर उनका श्रीमान् चित्रजंग शाही बाहिर निस्किए।

मलाई रोशनीबाट कुनै सनसनी खोज खुलासा गराउनु थिएन, न ‘मिडियामा किन बोली फेरिरहयौ ?’ भनेर यखऱ्याख्ती पार्नु थियो । धेरै प्रमाणले उनी पीडित हुन् भन्ने आधार तयार गरिसकेको थियो। त्यही आधारमा उनीसँग कुराको सुरुवात मैले आइतबार साँझके प्रसंगबाट गरें। सोधे, ‘के भएको थियो त्यो रात ?’ उनको भारी मन तौलिएर मात्रै करा बाहिर निकाल्न अभ्यस्त भइसकेका रहेछ । भनिन्, ‘मैले धेरै औषधि खाएँ औषधिसँगै भोड्का पनि खाए, के गरिरहेकी थिएँ, म आफैलाई थाहा छैन । उनले त्यो रात आफु घरमा एक्लै भएको जिकिर बारम्बार गरिरहिन। ‘तर सीसीटीभी फुटेजले महराजी यहीं आएको देखाएको छ,’ मेरो यो कुरा सुनेपछि रोशनी एकछिन झस्किइन, टोलाइन् र केहीबरपाछ भनिन्, ‘हो र ?’ कोठामा फेरि एकछिन सन्नाटा छायो। उनले कसन्नाटा चिर्दै भनिन्, ‘तर उहाँले मलाई बलात्कार गर्नुभएको हैन ।’

रोशनीको पहिलो अन्तर्वार्ता सार्वजनिक भइसकेपछिको खोजबिनले त्यस दिन कृष्णबहादुर महरा उनको घरमा गएको पुष्टि भइसकेको छ। रोशनीको शरीरका चोटहरूले उनी कुटिएको प्रमाण दिएक छन् । सोमबार साँझ मसँगै भएको पहिलो कुराकानीमा उनले ‘महराले आफूलाई हातपात’ गरेको बताएकी थिइन् । 

मंगलबार बिहान प्रहरीको सम्पर्कमा पुगेकी रोशनी त्यसपछि एकाएक हराइन्, मोबाइल ‘अफ’ गरिन्, उनको नामबाट अपडेट हुँदै आएको फेसबुक डिएक्टिभेट भयो। मंगलबार साँझ सोह्रखुट्टेमा रहेको आफन्तको घरमा बसेर केही सञ्चारमाध्यमलाई लगालग अन्तर्वार्ता दिइन्। त्यतिन्जेल महराले सभामुख पदबाट राजीनामा दिइसकेका थिए । 

अन्तर्वार्तामा रोशनीको बोली फेरियो, महरा आफ्नो घरमा आउँदै नआएको उनले बयान दिइन् । ’तपाईंको मोबाइल अफ थियो, त्यो अन्तर्वार्ताका लागि कसरी पुग्नभो ?’ मैले सोधे। रोशनीका अनुसार उनलाई तीनकुनेको कोठाबाट ट्याक्सीमा राखेर सोह्रखुट्टे पुर्याइएको थियो। त्यो काम पूर्वमाओवादीका एक स्वास्थ्यकर्मीले गरेका थिए । स्रोतहरू भन्छन्, ‘पूर्वमाओवादी कार्यकर्ता भएकाले उनी रोशनीका श्रीमान् चित्रजंगसँग घनिष्ठ थिए। के उनैले रोशनी र महराका बीचमा ‘मध्यस्थ’ को भूमिका खेलेका थिए ? उत्तर अहिले पनि पर्दा पछाडि नै छ । रोशनीका अनुसार भने उनले घटनापछि महरासँग एकपटक मात्रै फोनमा कुरा गरेकी छन्। यो समाचार आजको कान्तिपुर दैनिकमा बिनु सुवेदीले लेखेकी छन् ।

यो पनि पढ्नुहोस् : निर्दोष छु भन्दा महरालाई फोनमै हपारे ओलीले

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });