aarthiknews.com शुक्रबार, १५ मंसिर २०८०   Friday, 01 December, 2023
 
Royal Enfield
sarbottamcement

आजको लागि विदेशी मुद्राको विनिमयदर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ असोज २०८०
Global IME
ime Limited
आजको लागि विदेशी मुद्राको विनिमयदर
DHI
nmb

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ५७ पैसा र बिक्रीदर १३३ रूपैयाँ १७ पैसा पुगेको छ । 

आज युरोपियन युरो एकको खरिदमा १४० रूपैयाँ ४७ पैसा र बिक्रीमा १४१ रूपैयाँ ११ पैसा पाइन्छ । अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ०३ पैसा र बिक्रीदर ८६ रूपैयाँ ४२ पैसा कायम गरिएको छ । 

आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ३६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५३ पैसा पाइन्छ । राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०९ पैसा र बिक्रीदर ३६ रूपैयाँ २६ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ २३ पैसा र बिक्रीदर २८ रूपैयाँ २६ पैसा पाइन्छ । 

कुवेती दिनार एकको खरिददर ४२९ रूपैयाँ ०४ पैसा र बिक्रीदर ४३० रूपैयाँ ९८ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ०२ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ६१ पैसा तोकिएको छ ।
 

प्रतिक्रिया दिनुहोस