aarthiknews.com शुक्रबार, १५ मंसिर २०८०   Friday, 01 December, 2023
 
Royal Enfield
sarbottamcement

आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ असोज २०८०
Global IME
ime Limited
आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने
DHI
nmb

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल पश्चिम बंगाल र आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । साथै कोशी, मधेश, बागमती, र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशको एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सोमबार दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशको एक(दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस