aarthiknews.com शुक्रबार, १५ मंसिर २०८०   Friday, 01 December, 2023
 
Royal Enfield
sarbottamcement

बिवाइडीको ‘ब्लेड ब्याट्री’ नेपालमा सफलतापूर्वक परीक्षण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ असोज २०८०
Global IME
ime Limited
बिवाइडीको ‘ब्लेड ब्याट्री’ नेपालमा सफलतापूर्वक परीक्षण
DHI
nmb

काठमाडौं । नेपालमा बिवाइडी अटो इन्डस्ट्री कम्पनी प्रालिको नेपालका लागि आधिकारिक वितरक साईमेक्स इंक प्रालिले ब्याट्रीको सुरक्षा गुणस्तर प्रवर्द्धन गर्नका लागि ‘नेल पेनेट्रेसन टेस्ट’ गरेको छ । विभिन्न सञ्चार गृहको उपस्थितिमा उक्त परीक्षण काठमाडौंमा गरिएको हो । 

‘नेल पेनेट्रेसन टेस्ट’ ब्याट्रीको ताप वहन क्षमताको परीक्षण हो । ब्याट्रीको ताप वहन क्षमताको परीक्षण गर्न विधिहरूको सबैभन्दा कठिन भएकोले ‘नेल पेनेट्रेसन टेस्ट’लाई लाई ब्याट्री परीक्षणको मात्र ‘नेल पेनेट्रेसन टेस्ट’  सफलता पूर्वक पार गरेको छ ।  

अत्यधिक प्रतिकुल परिस्थितिहरूमा पनि सतलको ताप उल्लेखनीयरुपमा कम रहनुले ‘ब्लेड ब्याट्री’को अतुलनीय सुरक्षालाई प्रमाणित गर्ने कम्पनीले जनाएको छ । कम्पनीको दाबी अनुसार ‘नेल पेनेट्रेसन टेस्ट’का बेला ‘ब्लेड ब्याट्री’को प्रदर्शनले यसको असाधारण सुरक्षाको बारेमा धेरै कुराहरू बताएको छ । 

परम्परागत लिथियम आयान–एनसीएम ब्याट्री, परिक्षणको बेला पाँच सय डिग्री सेल्सियस भन्दा माथिको तापक्रमसम्म पुगेर आगो लागेको थियो । ‘ब्लेड ब्याट्री’को सतहको तापक्रम भने ३० डिग्री सेल्सियसदेखि ६० डिग्री सेल्सियससम्म मात्र पुगि आयो वा बिस्फोटका केही सम्भावना नदेखिएको कम्पनीले जनाएको छ ।  

बिवाइडीको ‘ब्लेड ब्याट्री’ वर्षौँको अथक अनुसन्धान र विकासको परिणाम हो । यसको बेजोड डिजाइनमा हर एक सेलहरुलाई श्रेणीमा व्यवस्था गरिन्छ । जसलाई पछि ब्याट्री प्याकमा जम्मा गरिएको छ । पारम्पारिक लिथियम आयन फोस्फेट ‘ब्लेड ब्याट्री’हरुको तुलनामा ‘ब्लेड ब्याट्री’को अनुकूलित ब्याट्री प्याक संरचनाले ५० प्रतिशत भन्दा बढी ठाउँको उपयोग गर्ने कम्पनीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस