aarthiknews.com शुक्रबार, १५ मंसिर २०८०   Friday, 01 December, 2023
 
Royal Enfield
sarbottamcement

पशुपति सेभिङ्ग एण्ड क्रेडिटका बचत कर्तालाई ३५ दिने सूचना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ असोज २०८०
Global IME
ime Limited
पशुपति सेभिङ्ग एण्ड क्रेडिटका बचत कर्तालाई ३५ दिने सूचना
DHI
nmb

काठमाडौं । सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त पशुपति सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडबाट रकम लिनुपर्ने भए दाबी गर्न आग्रह गरेको छ। समितिले ३५ दिन भित्र दाबी पेश गर्न बचतकर्ताहरुलाई आग्रह गरेको हो। असोज ११ गते सूचना जारी गर्दै सहकारीमा आफ्नो रकम रहेको प्रमाण लिएर समितिको कार्यालय वा अनलाइनमा उपलब्ध विवरण भर्न अनुरोध गरेको छ । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मन्त्रीस्तरको मिति २०८०र०४र०१ को निर्णयानुसार पशुपति सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, मानभवन, ललितपुरलाई सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा गरिएको थियो।

हालसम्मा स्टाण्डर्ड सेभिङ् एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, प्यासिफिक सेभिङ् एण्ड इन्भेष्टमेण्ट को–अपरेटिभ लिमिटेड, प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कोहिनुर हिल सेभिङ् एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड संकट ग्रहस्थ घोषणा भइसकेका छन् । 

त्यस्तै, कन्जुमर बचत तथा ऋण सरकारी संस्था लिमिटेड, कुवेर बचत तथा ऋण सरकारी संस्था लिमिटेड, चार्टर सेभिङ् एण्ड क्रेडिट को(अपरेटिभ लिमिटेड, भेगास बचत तथा ऋण सरकारी संस्था लिमिटेड, स्टाण्डर्ड मल्टिपर्पोज को–अपरेटिभ लिमिटेड, सोसाइटल बचत तथा ऋण सहकारी संस्था लि संकट ग्रहस्थ भएको भनेर समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जनाएको छ । त्यस्तै, लुःनिभा बहुद्देश्यीय सहकारी संस्था, ओरेण्टल को–अपरेटिभ लिमिटेड, पशुपती सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ समस्ग ग्रहस्थ घोषणा भएका छन् । 

प्रतिक्रिया दिनुहोस