नेप्सेमा दशैंको अन्तिम कारोबार सुखद् - Aarthiknews
aarthiknews.com सोमबार, २७ असोज २०७६   Monday, 14 October, 2019
 
Bajaj_Bike

नेप्सेमा दशैंको अन्तिम कारोबार सुखद्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ असोज २०७६
Sunrise bank
नेप्सेमा दशैंको अन्तिम कारोबार सुखद्
LBEF
NCH-IPS

काठमाडौं ।  शेयर बजारका निम्ति दशैंको अन्तिम कारोबार सुखद् रह्यो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दशैं र साताको अन्तिम कारोबार दिन बिहीबार करिब नौं अंकले वृद्धि भएपछि सुखद भएको हो । बिहीबार नेप्से ८.६९ अंकले बढेर ११४९.४० बिन्दूमा पुगेको छ । 

बिहीबार कुल १५३ वटा कम्पनीको ६ लाख ४७ हजारभन्दा बढी कित्ता शेयर साढे १७ करोड रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । यस दिन कारोबारमा आएका समूहमा वित्त समूहबाहेक सबै समूहमा बढेको छ । यस दिन सोल्टी होटलको कारोबार उच्च भएको छ । यस कम्पनीको करिब सवा तीन करोडको कारोबार भएको छ । त्यस्तै बिहीबार युनिलिभर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै युनाइटेडका फाइनान्सका लगानीकर्ताले भने धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ । 
 

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });