aarthiknews.com शुक्रबार, १५ मंसिर २०८०   Friday, 01 December, 2023
 
Royal Enfield
sarbottamcement

शनिबारसम्मको मौसम पूर्वानुमान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ असोज २०८०
Global IME
ime Limited
शनिबारसम्मको मौसम पूर्वानुमान
DHI
nmb

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। हाल देशको पहाडी भू-भागमा आँशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आँशिक बदलीदेखि सामान्यतया मौसम सफा रहेको छ।

शुक्रबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागको थोरै स्थानहरुमा र बाँकी भू-भागको एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र मधेश प्रदेश सहित देशका पहाडी भू-भागको थोरै स्थानहरुमा र बाँकी भू-भागको एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

 शनिबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा र बाँकी भू-भागको एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती कोशी र मधेश प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी र मधेश प्रदेश सहित देशको पहाडी भू(भागका थोरै स्थानहरुमा र बाँकी भू-भागको एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस