
काठमाडौं । पाँच म्युचुअल फण्डहरूले प्रस्ताव गरेको यस वर्षको लाभांश असोज १० गतेसम्म कायम इकाईधनीहरूले मात्र पाउने भएका छन् । एनएमबी फिफ्टी , एनएमबि हाईब्रिड फण्ड एल–१, सन्राइज फस्र्ट म्युचुअल फण्ड, सानिमा इक्वीटी फण्ड र प्रभु सेलेक्ट फण्डको प्रतिफल असोज १० गतेसम्म कायम इकाईधनीहरूले मात्र प्राप्त गर्ने भएका हुन ।
यी पाँच कम्पनीहरूले प्रस्तावित प्रतिफल प्रयोजनका लागि तय गरिसकेको बुक क्लोजको आधारमा असोज १० गतेसम्म कायम इकाईधनीहरू मात्र प्रतिफल पाउन योग्य भएका हुन ।
एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबी फिफ्टी र एनएमबि हाईब्रिड फण्ड एल–१ ले प्रस्तावित लाभांश प्रयोजनका लागि असोज १२ गते एक दिन बुक क्लोज गर्न लागेका हुन । गत आर्थिक वर्ष ०७९÷८० को मुनाफाबाट एनएमबी फिफ्टीले कर समेत १५ प्रतिशत र एनएमबि हाईब्रिड फण्ड एल–१ ले पनि कर समेत १५ प्रतिशतनै प्रतिफल वितरण गर्ने प्रस्ताव गरेका हुन ।
सन्राइज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सन्राइज फस्र्ट म्युचुअल फण्डले प्रस्तावित लाभांश प्रयोजनका लागि असोज १४ गते एक दिन बुक क्लोज गर्ने भएको हो । यस फण्डले गत आर्थिक वर्ष ०७९÷८० को मुनाफाबाट इकाईधनीहरूलाई कर समेत १६ प्रतिशत नगद लाभांश प्रतिफल वितरण गर्न लागेको हो ।
सानिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सानिमा इक्वीटी फण्डले पनि प्रस्तावित लाभांश प्रयोजनका लागि असोज १४ गते बुक क्लोज गर्ने भएको छ । यस वर्ष योजनाले १८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
त्यस्तै प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्डले प्रस्तावित प्रतिफल प्रयोजनका लागि असोज १२ गते एक दिन बुक क्लोज गर्ने भएको छ । फण्डले गत आर्थिक वर्ष ०७९÷८० को लागि कर समेत ९ दशमलव ५० प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । यस योजनाले पहिलो पटक प्रतिफल वितरण गर्न लागेको हो ।
कम्पनीहरूको बुक क्लोजको आधारमा नेप्सेले यी कम्पनीहरूको इकाईमूल्य समेत समायोजन गरेको छ । नेप्सेले असोज १० गतेसम्म कायम इकाईमूल्यको आधारमा एनएमबी फिफ्टीको इकाईमूल्य प्रतिफलपछि ९ रूपैयाँ ७७ पैसा तोकेको छ । एनएमबि हाईब्रिड फण्ड एल–१ को प्रतिफल पछिको इकाईमूल्य नेप्सेले ९ रूपैयाँ ८४ पैसा तोकेको छ । सन्राइज फस्र्ट म्युचुअल फण्डको इकाईमूल्य समायोजनपछि ९ रूपैयाँ ६७ पैसा र सानिमा इक्वीटी फण्डको इकाईमूल्य समायोजनपछि ९ रूपैयाँ ९७ पैसा तोकिएको छ । नेप्सेले प्रभु सेलेक्ट फण्डको इकाईमूल्य समायोजपछि ८ रूपैयाँ ३० पैसा तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस