aarthiknews.com शनिबार, १६ मंसिर २०८०   Saturday, 02 December, 2023
 
Royal Enfield
sarbottamcement

लुम्बिनी प्रदेशले दियो राउटेलाई दशैं खर्च

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ असोज २०८०
Global IME
ime Limited
लुम्बिनी प्रदेशले दियो राउटेलाई दशैं खर्च
DHI
nmb

दाङ । लुम्बिनी प्रदेश सरकार अर्थ मन्त्रालयले राउटे समुदायलाई दशैं खर्च उपलब्ध गराएको छ । मङ्गलबार दशैं खर्च माग गर्दै मन्त्रालय पुगेका राउटेलाई दशैं खर्च उपलब्ध गराइएको हो । 

अर्थमन्त्री धनबहादुर मास्कीले दशैं खर्च वापत रु २५ हजार उपलब्ध गराएका हुन् । सुर्खेतबाट आएका राउटेका मुखिया विर्खबहादुर शाही, लालबहादुर शाही र जीवन शाहीलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।

उनीहरु प्रत्येक वर्ष तीज, दशैं र तिहारमा सरकारसँग खर्च माग गर्दै आएका छन् । केहीदिनदेखि उहाँहरु दाङ र यसका आसपासका सरकारी कार्यालयमा गइ दशैं खर्च माग्दै आएका थिए ।  

प्रतिक्रिया दिनुहोस