
काठमाडौं । अमेरिकाका ओहायो राज्यमा नेपालप्रति गैरआवसीय नेपाली संघ (एनआरएनए)को दायित्व र अधिकारमाथि छलफल भएको छ। गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका, ओहायो च्याप्टर र स्थानीय नेपाली संस्था सेन्ट्रल ओहायो नेपाली एसोसियसन र एसोसियसन अफ नेपाली तराईएन ईन अमेरिकाको संयुक्त आयोजनामा र हिमालयन एडल्ट डे केयर सेन्टरको प्रायोजनमा ‘नेपालप्रति गैर आवासीय नेपालीको दायित्व र अधिकार’ विषयक अन्तरक्रिया भएको हो ।
गैर आवासीय नेपाली संघ ओहायो च्याप्टरका अध्यक्ष होताराम विश्वकर्माको अध्यक्षतामा भएका अन्तरक्रियामा जनमत पार्टीका अध्यक्ष सांसद डा. सिके राउत, नेपाली काँग्रेसका नेता एवम् सांसद रुपा विश्वकर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सोविता गौतमलगायतको विशेष उपस्थिति रहेको थियो । अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा.राउतले नेपालको वर्तमान राजनीतिक अवस्थाबारे बताउँदै संघीय लोकतान्त्रिक गणतन्त्र सफल भएको बताएका थिए ।
त्यस्तै, काँग्रेस नेता विश्वकर्माले आफ्नो पार्टीले युवाको प्रतिनिधित्व गर्दै देशको विकासमा टेवा पुर्याउनुका साथै प्रवासमा रहेका नेपालीलाई स्वदेश फर्किने वातावरण सिर्जना गर्न पहल गरिरहेको बताइन् । रास्वपा सांसद गौतमले देशमा आशाको फूल रोपेको दाबी गरिन् । कार्यक्रममा गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका पूर्व सल्लाहकार डा. दामोदर पौडेलले अमेरिकाको माथिल्लो सदन काँग्रेसमा बनेको ‘कोकसको’बारे स्पष्ट पारेका थिए । साथै उनले कोरोना महामारीमा आफू नेपाल र नेपालीको लागि गरेको सहयोग र योगदानको स्मरण गराएका थिए ।
अन्तरक्रियाको क्रममा एन्टाकी अध्यक्ष डा.मिर्दुला गुप्ता र कोनाका अध्यक्ष आनन्द तिवारीले ओहायो राज्इमा बस्ने नेपालीको एकता र भावी पुस्तालाई नेपाली संस्कृति सिकाउने कुरामा जोड दिएको बताएका थिए । त्यसैगरी सेवा इन्टरनेसनलका सल्लाहकार शिवप्रकाश मिश्राले नेपाल जाँदा र त्यहाँ सरकारी कार्यालयबाट सेवा लिँदा आफूले भागेका जटिलताको बताउँदै देश विकासको लागि काठमाडौँ महानगरपालिका प्रमुख बालेन साहको चर्चा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस