aarthiknews.com शनिबार, १६ मंसिर २०८०   Saturday, 02 December, 2023
 
Royal Enfield
sarbottamcement

चिरख्वा हाइड्रोपावरको आईपीओ आयोजना प्रभावित स्थानीयमा बाँडफाँट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ असोज २०८०
Global IME
ime Limited
चिरख्वा हाइड्रोपावरको आईपीओ आयोजना प्रभावित स्थानीयमा बाँडफाँट
DHI
nmb

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले स्थानीयमा साउन २८ गतेदेखि भदौ २५ गतेसम्म ४ लाख कित्ता आईपीओ विक्री गरेको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरूलाई सम्पूर्ण कित्ता आईपओि असोज ८ गते बाँडफाँट गरिएको हो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयसँगै वैदेशिक रोजगारीमा रहेका लागि आईपीओ विक्री गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीमा कम्पनीले साउन २८ गतेदेखि भदौ १० गतेसम्म ८० हजार कित्ता आईपीओ विक्री गरी भदौ २६ गते सम्पूर्ण कित्ता आईपीओ बाँडफाँट गरिएको हो ।

पहिलो चरणको आईपीओ बाँडफाँटपछि अब कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ विक्री गर्नेछ । कम्पनीले आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानीकोष र कर्मचारी समेत सर्वसाधारणमा १२ लाख कित्ता आईपीओ विक्री गर्न अनुमति पाएको हो ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । यस कम्पनीले ४ दशमलव ७ मेगावाटको क्षमताको माथिल्लो चिरख्वा जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको कुल अनुमानित लागत ९९ करोड ८० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड २३ लाख ४० हजार ४२६ रुपैयाँ रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस