
एजेन्सी । युक्रेनसँग युद्धरत रूस र पश्चिमा मुलुकबीच टकराव बढेको छ । यसैको निरन्तरतामा रूसले अन्तरराष्ट्रिय फौजदारी अदालत (आइसीसी) का अध्यक्ष होफम्यानस्की पिओटर जोजेफलाई नै खोजी गर्नुपर्ने फरार अपराधीको सूचीमा समावेश गरिदिएको छ ।
आइसीसीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ आदेश जारी गरेपछि रूसले नयाँ कदम चालेको हो । मस्कोले आइसीसी अध्यक्ष जोजेफलाई खोजी गर्नुपर्ने अपराधीको सूचीमा राखेको छ ।
होफम्यानस्की रूसको छिमेकी पोल्याण्डका नागरिक हुन् । उनलाई रूसी महासंघको फौजदारी संहिताअन्तर्गत फरार व्यक्तिको सूचीमा समावेश गरिएको रूसी समाचार संस्थाहरूले जनाएका छन् ।
होफम्यानस्की सन् २०२१ को मार्चमा आइसीसी अध्यक्ष चुनिएका हुन् । उनी सन् २०१५ देखि नै आइसीसीका न्यायाधीश थिए ।
प्रतिक्रिया दिनुहोस