aarthiknews.com शुक्रबार, २२ मंसिर २०८०   Friday, 08 December, 2023
 
Royal Enfield

दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने शेख इरफान पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ असोज २०८०
Global IME
दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने शेख इरफान पक्राउ
DHI
nmb

काठमाडौं । दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा रौतहट बिश्रामपुर नगरपालिका २ घर भई काठमाडौं नागार्जुन नगरपालिका ६ बस्ने ३४ वर्षीय मोहमद शेख इरफान सिध्दिकीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सिध्दिकीले १ जनालाई वैदेशिक रोजगारका लागि दुबई पठाइ सेक्युरिटी गार्डमा मासिक ५० हजार रुपैयाँभन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी १ लाख ५० हजार रूपैयाँ लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं नार्गाजुन नगरपालिका ६ पानीट्याङकीबाट पक्राउ गरेको हो ।  

उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस