aarthiknews.com शनिबार, १६ मंसिर २०८०   Saturday, 02 December, 2023
 
Royal Enfield
sarbottamcement

ग्रेट हल अफ दि पिपुलमा नेपाल-चीन आर्थिक सम्झौता (फोटोफिचर)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ असोज २०८०
Global IME
ime Limited
ग्रेट हल अफ दि पिपुलमा नेपाल-चीन आर्थिक सम्झौता (फोटोफिचर)
DHI
nmb

काठमाडौं । नेपाल र चीनबीच आज (सोमबार) एक दर्जन सम्झौता/समझदारीमा हस्ताक्षर भएको छ । चीनको औपचारिक भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र उनका चिनियाँ समकक्षी लि खछ्याङको उपस्थितिमा दुई देशका अधिकारीहरूले ती समझदारीमा हस्ताक्षर गरेका हुन्‌ ।

राष्ट्रिय योजना आयोग र नेसनल डेभलप्मेन्ट एन्ड रिफर्म कमिसन अफ द पिपल्स रिपब्लिक अफ चाइनाबीच मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ (एमओयू)मा हस्ताक्षर भएको छ । यस्तै, चीन र नेपाल सरकारबीच नेपालको उत्तरी पहाडी क्षेत्रका लागि उत्पादन र जीवित सामग्रीको प्रमाणपत्र हस्तान्तरण, डिजिटल अर्थतन्त्रबारे सहकार्य अभिवृद्धि गर्नेबारे नेसनल डेभलप्मेन्ट एन्ड रिफर्म कमिसन र अर्थ मन्त्रालयबीच एमओयूमा हस्ताक्षर र नेसनल डेभलप्मेन्ट एन्ड रिफर्म कमिसन र वन तथा वातावरण मन्त्रालयबीच हरित र न्यून–कार्बोन विकाससम्बन्धी एमओयूमा हस्ताक्षर भएको छ ।

सिजाली विद्यालय परियोजनाबारे पनि दुई देशबीच सम्झौता भएको छ । कृषि, पशुपालन र मत्स्यपालनमा सहयकार्य गर्ने विषयमा चीनको कृषि तथा ग्रामिण मामिला मन्त्रालय र नेपालको कृषि तथा पशुपक्षी विकास मन्त्रालयबीच एमओयूमा हस्ताक्षर भएको छ भने सन् १९८१ मा भएको नेपाल–चीन व्यापार र भुक्तानी सम्झौतालाई मूल्यांकन र परिमार्जन गर्न एक संयुक्त प्राविधिक कार्यदल बनाउने विषयमा चीनको वाणिज्य मन्त्रालय र नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच एमओयूमा हस्ताक्षर भएको छ ।

नेपालबाट चीनमा जडीबुटीको निर्यात गर्ने विषयमा चीनको जेनेरल एडमिनिस्ट्रेसन अफ कस्टम र नेपालको कृषि तथा पशुपक्षी विकास मन्त्रालयबीच एमओयूमा हस्ताक्षर भएको छ भने चीनको नेसनल एडमिनिस्ट्रसन एन्ड पब्लिकेसन र नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयबीच एमओयूमा हस्ताक्षर भएको छ । 

दुई देशबीच विज्ञान, प्रविधि र नवीनतामा सहकार्यका लागि चीनको विज्ञान तथा प्रविधि मन्त्रालय र नेपालको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच एमओयूमा हस्ताक्षर भएको छ । मानव श्रोत र विपद् सामग्रीबारे पत्र आदानप्रदान र हिल्सा–सिमिकोट सडक परियोजनाबारे पनि सम्झौता भएको छ ।

तस्वीरहरू :


प्रतिक्रिया दिनुहोस