शीर्षकहरू

नेपाल पुनर्बीमा कम्पनीको १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा

नेपाल पुनर्बीमा कम्पनीको १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । विशाल ग्रुप लिमिटेडको स्वामित्वमा रहेको उक्त शेयर प्रतिकित्ता ३३५ रूपैयाँमा बिक्रीमा आएको हो । 

यो शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनी वा जो कोही व्यक्ति तथा कम्पनीहरूले असोज १४ गते कार्यालयसमयभित्र आवेदन दिनुपर्नेछ । आवेदन कम्पनीको ििवक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडमा पेश गर्नुपर्नेछ । 

आवेदन पेश गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो शेयर प्राप्त गर्ने शेयरधनीहरूले असोज ८ गतेपछि कम्पनीबाट घोषणा हुने लाभांश तथा हकप्रद शेयर प्राप्त गर्न योग्य हुने जानकारी कम्पनीले दिएको छ ।