धितोपत्र बोर्डको आधा दर्जन नियमावली संशोधन हुँदै - Aarthiknews
aarthiknews.com विहीबार, ३० असोज २०७६   Thursday, 17 October, 2019
 
Bajaj_Bike

धितोपत्र बोर्डको आधा दर्जन नियमावली संशोधन हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ असोज २०७६
Sunrise bank
धितोपत्र बोर्डको आधा दर्जन नियमावली संशोधन हुँदै
LBEF
NCH-IPS

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्रसँग सम्बन्धित आधा दर्जन नियमावलीमा भएका व्यवस्थालाई संशोधन गर्ने भएको छ । 

उक्त नियमावलीमा भएका व्यवस्थालाई समसामयिक बनाई संशोधनको स्वीकृति दिन बोर्डले मंगलवार अर्थ मन्त्रालयलाई अनुरोध गरेको छ। बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता), नियमावली २०६४, धितोपत्र दर्ता निष्कासन नियमावली, २०७३, सामूहिक लगानी कोष नियमावली २०६७, क्रेडिट रेटिङ नियमावली २०६८, धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ र धितोपत्रको भित्री कारोबार निषेध सम्बन्धी नियमावली, २०७६ अन्तर्गतका केही व्यवस्थालाई संशोधन गरी समसामयिक बनाउन अर्थ मन्त्रालयसँग अनुमति लिएको बताएको छ।

यसअघि ‘मुद्रा तथा पूँजी बजारमा देखिएका प्रवृत्तिहरूको समग्र मूल्यांकन गरी वित्तीय स्थायित्व एवं लगानीका लागि स्रोत व्यवस्थापन सम्बन्धी सुझाव समितिको प्रतिवेदन’मा राखिएका अधिकांश काम कार्यान्वयन भइसकेको बोर्डको दाबी छ ।

उक्त प्रतिवेदनमा विद्यमान नियमावलीमा समसामयिक संशोधन गर्न सझाव दिइएको थियो। बोर्डले धितोपत्र व्यवसायी सम्बन्धी नियमावलीका प्रस्तावित संशोधनका मुख्य व्यवस्था अन्तर्गत धितोपत्र दलाल व्यवसायीले डिलर र लगानी परामर्श सेवा दिन सक्ने, धितोपत्र दलाल व्यवसायीले अर्को धितोपत्र दलाल व्यवसायीलाई गाभ्ने/गाभिने वा प्राप्ति गर्न सक्ने व्यवस्था गर्नुपर्ने उल्लेख गरेको छ । साथै, धितोपत्र व्यवसायीले संस्थागत जोखिम व्यवस्थापनका लागि जगेडा कोष खडा गर्नुपर्ने, शाखा कार्यालयको पूर्वाधार घटाई कम खर्चिलो बनाउनु पर्ने लगायतको प्रस्ताव पेश गरिएको बोर्डले बताएको छ। यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });