दशैंमा मिठो परिकार खुवाउनुहोस् परिवारलाई - Aarthiknews
aarthiknews.com विहीबार, ३० असोज २०७६   Thursday, 17 October, 2019
 
Bajaj_Bike

दशैंमा मिठो परिकार खुवाउनुहोस् परिवारलाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० असोज २०७६
Sunrise bank
दशैंमा मिठो परिकार खुवाउनुहोस् परिवारलाई
LBEF
NCH-IPS

 

काठमाडौं । खानामा स्वाद ल्याउन र दशैंमा पाहुनाको चित्त बुझाउन गाह्रो हुने गर्दछ । आएका पाहुनालाई अलग–अलग स्वाद मनपर्ने हुन्छ । दशैंमा अधिकांश परिवारमा खसी बोका काट्ने गरे पनि कुखुरा, च्याङग्रा, माछा, अष्ट्रिजलगायतको परिकार बनाउने गरेको पाइन्छ।

दशैंको बेला मासुको खपत बढी हुन्छ । यस्तो बेलामा स्वस्थकर मासुको भएन भने यसले महामारी पनि निम्त्याउने खतरा हुन्छ । त्यसका कारण जुनसुकैको मासु बनाए पनि त्यसलाई स्वस्थ्कर तरिकाले बनाउँदा राम्रो हुुन्छ, त्यसैले मासुका विभिन्न परिकार बनाउने टिप्स यहाँ प्रस्तुत गरिएको छ ।

यसरी बनाउँनुस् स्वादिलो फिस करी

दशैंमा माछा खाँदै हुनुहुन्छ ?  माछालाई विदेशतिर भेजका रूपमा पनि गणना गरिन्छ । तर, नेपाल, भारतलगायतका देशमा भने मासुको विकल्पको रुपमा माछालाई लिने गरिन्छ । त्यसैले यहाँमा माछालाई स्वदिलो तरिकाले बनाउने तरिका प्रस्तुत गरेका छौं ।

आवश्यक सामग्री

  • माछा
  • कुखुराको अण्डा
  • टुक्रा पारेको कागती
  • नुन
  • बेसार
  • लसुन अदुवाको पेस्ट
  • पानी राखेर पिसेको खुर्सानी
  • पानी
  • मैदा
  • काँचो तोरीको पेस्ट
  • सेतो तिल
  • जिराको धुलो
  • खुर्सानीको धुलो
  • तेल


पकाउने तरिका
माछालाई स्लाइस बनाएर काट्ने, कुखराको अण्डा फुटाउने र त्यसमा एक चम्चा चिलि पेस्ट, आधा चम्चा धूलो खुर्सानी धूलो, जिरा पाउडर, लसुन, अदुवाको पेस्ट, बेसार, तिल, नुन, तोरीको पेस्ट, २ चम्चा मैदा, कागतीको रस र पानी राखी राम्ररी मिक्स गर्ने । काटेको माछालाई मसलामा केही बेरसम्म डुबाउने । त्यसपछि तातो तेलमा माछालाई राम्ररी पल्टाई–पल्टाई फ्राई गर्ने । फ्राई गरिसकेपछि तेल तैरने पेपर, कपडा वा भाँडोमा उक्त माछालाई राख्ने । यसरी घरैमा स्वादिलो माछा तयार गर्न सकिन्छ ।

चिकेन चिल्ली

  • आवश्यक सामग्रीहरु
  • कुखुराको हड्डी नभएको मासु
  • काटेको भेंडे खुर्सानी
  • काटेको सुकेको प्याज र हरियो प्याज
  • हरियो खुर्सानी
  • गोलभेंडा
  • मरिचको धुलो
  • काटेको लसुन
  • नुन
  • धुलो खुर्सानी
  • कर्नफ्लोर
  • सोया सस र
  • टोमाटो केचअप


बनाउने प्रक्रिया
मासुमा कर्नफ्लोर, धुलो खुर्सानी, मरिच, नुन राखेर मुछ्ने अनि कम्तिमा १५ मिनेटसम्म त्यसै राख्ने राम्ररी तातेको तेलमा मुछेको मासुलाई राम्ररी फ्राई गर्ने अनि निकाल्ने । पुनः भाँडोमा भेंडे खुर्सानी, सानो–सानो गरी काटिएको लसुनको टुक्रा, हरियो खुर्सानी, प्याज, नुन, धुलो खुर्सानी, सोया सस, मरिचको धुलो, टोमाटो सस, हरियो प्याजलाई हल्का फाई गर्ने र अन्त्यमा यसअघि फ्राई गरेको मासु राखेर सबै फ्राई गर्ने । केही बेरपछि गोलभेंडा राखेर चलाउने ।


अष्ट्रिचको मासु
नेपालमा अष्ट्रिचको मासु नयाँ परिकार हो । नेपालमा अष्ट्रिचको मासुको प्रयोग गर्न थालिएको धेरै भएको छैन । अष्ट्रिचको मासु घरमा ल्याउनु भयो भने कसरी पकाउने ? यसलाई हामीले सामान्य विधिबाट प्रस्तुत गरेका छौं ।

आवश्यक सामग्री

  • काटेको अष्ट्रिचको मासु
  • तेल
  • काटेको प्याज तथा गोलभेंडा
  • गरम मसला, अदुवा तथा लसुनको पेस्ट
  • बेसार
  • नुन
  • मिट मसला
  • खुर्सानीको धूलो
  • धनियाँको पात


पकाउने तरिका
भाँडामा तेल तताउने, कोटको प्याज तेलमा फ्राई गर्ने साथै गरम मसला पनि राख्ने, अष्ट्रिच मासु राखेर करिब ४ मिनेटजति फ्राई गर्ने । उक्त मासुमा अदुवा, लसुनको पेस्ट तथा बेसार राखी चलाउने, केही बेरपछि गोलभेंडा राखी पकाउने । सुख्खा भएपछि उमालेको पानी राख्ने र केही बेरसम्म पकाउने, यसरी अष्ट्रिचको मासु पकाउन सकिन्छ ।

आलु र अण्डाको चप
कतिपय मानिले मासु खान मन पराउदैनन् तर उनीहरुलाई अण्डा भने मन पर्छ । यस्तो अवस्थामा उनीहरुको लागि आलु र अण्डा चप राम्रो परिकार हुन सक्छ ।

आलु र अण्डाको चपको लागि आवश्यक सामग्री

  • जिरा तथा धनियाँको पाउडर
  • रातो धूलो खुर्सानी
  • बेसार
  • नुन
  • काटेको हरियो खुर्सानी
  • काटेको प्याज
  • धनियाँ
  • काटेको गोलभेंडा
  • अण्डा
  • अदुवा र लसुनको पेस्ट
  • ब्रेड क्रम्स
  • उसिनेको आलु


पकाउने तरिका
– सबैभन्दा पहिला, अण्डाको भुजिया बनाउने त्यसको लागि तातिएको तेलमा अण्डा राखी चलाउने, अनि क्रमशः प्याज, गोलभेंडा, अदुवा र लसुनको पेस्ट, बेसार, जिरा तथा धनियाँको पाउडर, रातो धुलो खुर्सानी, नुन राखेर फ्राई गर्ने ।

– अण्डाको भुजिया पकाउन्जेलसम्म उसिनेको आलुलाई मुछ्ने, मुछेको आलुमा काटेको गोलभेंडा, काटेको प्याज, अदुवा र लसुनको पेस्ट, जिरा तथा धनियाँको पाउडर, धुलो खुर्सानी, हरियो खुर्सानी, बेसार, नुन, धनियाँ राखी राम्ररी मुछ्ने ।
– मिश्रणलाई बराबर आकारको डल्लो बनाउने ।
– फ्राइ गरेको अण्डा पाकेपछि डल्लो बनाएको मिश्रणको बीचमा हाल्ने अनि पुनः नफुट्ने गरी डल्लो बनाउने ।
– पुनः काँचो अण्डालाई फुटाउने त्यसलाई घोल्ने, त्यसपछि पहिला डल्लो बनाएको मिश्रणलाई काँचो अण्डामा डुबाउने ।
– राम्ररी डुबिसकेपछि निकालेर ब्रेडक्रमको बाक्लो लेयर बनाउने ।
– तातो तेलमा फ्राइ गर्ने र हल्का खैरौ रंग भएपछि निकाल्ने ।

प्याजको पकौडा
 

  • प्याजको पकौडाको लागि आवश्यक सामग्री
  • लामो–लामो गरी काटेको प्याज
  • बेसन
  • हरियो खुर्सानी
  • बेसार
  • नुन
  • जिरा तथा धनियाँको पाउडर
  • लसुन तथा अदुवाको पेस्ट


पकाउने तरिका

– सर्वप्रथम भाँडोमा तातो तेल राखेर तताउने

– काटेको प्याजमा हरियो खुर्सानी, बेसार, धुलो खुर्सानी, जिरा धनियाँ, नुन, बेसन र अदुवा लसुनको पेस्ट एकै ठाउँमा राखेर राम्ररी मुछ्ने । यदी राम्ररी मुछिएन भने पानी पनि राख्न सकिन्छ । तर, धेरै गिलो गरी मुछ्नु हँुदैन ।

– तेल एकदमै तातेपछि मुछेको मिश्रणलाई सानो साइजमा चेप्टो आकार बनाइ तेलमा तार्ने क्रमशः प्याजी बनाउदै तेलमा तार्दै जाने ।

– एकापटिको भाग पाकेपछि अर्को पट्टि फर्काउदै जाने ।

– रातो–रातो भएपछि प्याजलाई तेल सोस्ने अथवा तैर्याउने भाँडोमा राख्नुपर्छ । यसरी घरैमा प्याजको पकौडा बनाउन सकिन्छ । पौकडामा प्याजको विकल्पमा भर्सीको फुल, च्याउ, लौका पनि प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });