अर्थमन्त्री खतिवडा भारत प्रस्थान - Aarthiknews
aarthiknews.com बुधबार, २९ असोज २०७६   Wednesday, 16 October, 2019
 
Bajaj_Bike

अर्थमन्त्री खतिवडा भारत प्रस्थान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ असोज २०७६
Sunrise bank
अर्थमन्त्री खतिवडा भारत प्रस्थान
LBEF
NCH-IPS

काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडा अक्टोवर ३ र ४ (असोज १६ र १७ गते)  भारतमा हुने विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन आज नयाँ दिल्ली प्रस्थान गरेका छन् । 

सो कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले दक्षिण एशियाको आर्थिक परिदृश्य विषयमा अतिथि वक्ताको रुपमा सम्बोधन गर्नु हुने कार्यक्रम तय भएको छ । साथै, उनले नेपालको विकास एजेण्डा, आर्थिक स्थिति, लगानीको वातावरणमा भएको सुधार, राजस्व क्षेत्रमा भएका सुधार लगायतका विषयमा समेत सहभागीहरुलाई जानकारी गराउने छन् । 

कार्यक्रमको समयमा अर्थमन्त्री डा. खतिवडाले विश्व आर्थिक मञ्चका अध्यक्ष बर्ज ब्रेण्डसँग द्विपक्षीय भेटघाट गर्नु हुनेछ, भने विश्वका आर्थिक क्षेत्रका नेताहरुसँग भेटघाट गर्ने छन् । 

भ्रमणका अवसरमा अर्थमन्त्री डा. खतिवडा र भारतीय समकक्षी अर्थमन्त्री निर्मला सिथारमणबीच भारतको अर्थ मन्त्रालयमा द्विपक्षीय भेटघाट हुने कार्यक्रम छ । उनिहरू बीच पछिल्लो आर्थिक स्थिति, नेपाल–भारत सम्बन्ध, भारतले नेपालमा सहयोग गरेका आयोजनाको अवस्थालगायत समसामयिक विषयमा छलफल हुनेछ । अर्थमन्त्री डा. खतिवडा असोज १८ गते स्वदेश फर्कने छन् । 
 

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });