aarthiknews.com शुक्रबार, २२ मंसिर २०८०   Friday, 08 December, 2023
 
Royal Enfield

शेयर बजारमा उछाल : दुई हजार बिन्दुमा टेक्यो नेप्से, तीन अर्ब २९ करोडको कारोबार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ असोज २०८०
Global IME
शेयर बजारमा उछाल : दुई हजार बिन्दुमा टेक्यो नेप्से, तीन अर्ब २९ करोडको कारोबार
DHI
nmb

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको अन्तिम दिन आज बिहीबार उछाल आएको छ । शेयर धितो कर्जामा १२ करोडको सीमा हट्ने हल्लाले बजारमा उच्च अंकको वृद्धि भएको हो  ।

आज नेप्से ४४.३४ अंकले बढेर दुई हजार २९ दशमलब ७८ विन्दुमा बन्द भएको छ ।  त्यस्तै, आज तीन अर्ब २९ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

नेप्सेका अनुसार आज कारोबार भएका २१७ कम्पनीको शेयरमूल्य बढेको छ भने ११ कम्पनीकोे शेयरमूल्य घटेको छ । २ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

चार कम्पनीको शेयरमूल्यमा १० प्रतिशतले वृद्धि भएको छ भने १० कम्पनीको शेयरमूलय ९ प्रतिशत भन्दा बढीले बढेको छ । यसका साथै सात कम्पनीको शेयरमूल्य १० प्रतिशत भन्दा बढीले बढेको छ । 

आज एनआइबीएल ग्रोथ फण्डका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ४.०७ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको आज २० करोड १८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस