
काठमाडौं । अति विशिष्ठ व्यक्ति (भीआइपी) ले मापदण्ड मिचेर कानून विपरीत ओगटेको राज्यको जनशक्ति १५ दिनभित्र फिर्ता लिन गृह मन्त्रालयलाई संसदीय समितिले निर्देशन दिएको छ ।
तथाकथित भीआइपीहरूले पहुँच र तुजुकको भरमा देशको सुरक्षा निकायका जनशक्तिलाई आफ्नो घरायसी काममा लदाइरहेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले अतिविशिष्ठ भनिएकाहरूकहाँ खटाइएका जनशक्तिलाई तत्काल फिर्ता गरी दरबन्दी भएकै ठाउँमा पठाउन मन्त्रालयलाई निर्देशन दिएको हो ।
यसबारे निर्देशन दिन समितिले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नै बैठकमा बोलाएको थियो । समितिले भीभीआइपी र भीआइपीलाई मापदण्डविपरीत उपलब्ध गराइएका पीएसओ, सवारी चालक र भान्से कति छन्रु १५ दिनभित्र फिर्ता गरी आफ्नो दरबन्दी भएको ठाउँमा पठाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।
मन्त्री र सरकारी पदाधिकारीले नियमले पाउनेभन्दा बढी लिएका सवारीसाधन फिर्ता गराउन पनि समितिले निर्देशन दिएको छ।
प्रतिक्रिया दिनुहोस