यो दशैमा मासुसंग खानुस् मुलाको अचार, बन्छ यसरी मुख रसाउने स्वाद - Aarthiknews
aarthiknews.com विहीबार, ३० असोज २०७६   Thursday, 17 October, 2019
 
Bajaj_Bike
अचार बनाउने तरिका

यो दशैमा मासुसंग खानुस् मुलाको अचार, बन्छ यसरी मुख रसाउने स्वाद

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० असोज २०७६
Sunrise bank
यो दशैमा मासुसंग खानुस् मुलाको अचार, बन्छ यसरी मुख रसाउने स्वाद
LBEF
NCH-IPS

काठमाडौं । अचार मन नपर्ने मान्छे सायद कमै होलान् । अचार भन्ने बित्तिकै धेरै मान्छेको मुख रसाउने गर्दछ । नेपाली भान्सामा अचार महत्वपूर्ण परिकार मानिन्छ । दैनिक जीवनको खानपान लगायत भोज भतेरमा समेत अचारको छुट्टै महत्व हुन्छ ।

अचारलेसंगै खाइरहेको परिकारमा नयाँ स्वाद थपिदिन्छ । मासु, तरकारी तथा फलफूलबाट पनि अचार बनाउन सकिन्छ। अचार एउटा ताजा हुन्छ भने अर्को बट्टामा केही समय आगाडी बनाएर राखिएको हुन्छ, जसलाई खाँदेको अचार भनिन्छ । चाडबाडमा हुने समयको अभाव र मासु लगायतका मसलादार खानामा मिल्ने स्वादका कारण खाँदेको मुलाको अचार वास्तबमै राम्रो मानिन्छ ।
मुलाको खाँदेको अचार बनाउने तरिका :

साँदेको मुलाको अचार बनाउनको लागि आवश्यक सामग्रीहरु;

  • दुईवटा मुला
  • आधा चम्चा रातो खुर्सानीको धूलो
  • आचा चम्चा बेसार
  • थोरै हिङ
  • आधा चम्चा अजवाइन
  • आधा चम्चा मेथी
  • एक ठूलो चम्चा रायोको दाना
  • एक ठूलो चम्चा सौप
  • १-२ चम्चा नुन
  • आवश्यकताअनुसार तोरीको तेल

बनाउने विधि;

  • मुलालाई लाम्चो आकारमा काट्नुपर्छ ।
  • मुला काटेपछि त्यसलाई घाममा सुकाउने ।
  • मुला माथि खुर्सानी राख्ने र त्यसमा लसुन पनि राखेर सुकाउने ।
  • त्यसलाई दुई दिनसम्म सुकाउनुपर्छ ।
  • दुई दिनपछि सुकाएको मुला, खुर्सानी, लसुन निकाल्ने ।
  • प्यानमा तोरी भुटेर पिस्ने ।
  • अब जिरा भुट्ने र पिस्ने ।
  • मुलामा नुन, खुर्सानी, बेसार लगायत सबै मसलाहरु राख्ने ।
  • अब त्यसमा तेल राख्ने र राम्रोसंग मिक्स गर्ने ।
  • त्यसपछि एउटा बट्टामा मुलाको अचार राख्ने ।
  • बट्टालाई घाममा कम्तिमा पनि चार दिन सम्म नचलाई राख्नुपर्छ ।
  •  मुलाको अचार दुई तीन दिन घाममा राखेपछि खानको लागि उत्कृष्ठ हुन्छ ।

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });