नेप्सेमा पुन:ओरालो - Aarthiknews
aarthiknews.com बुधबार, २९ असोज २०७६   Wednesday, 16 October, 2019
 
Bajaj_Bike

नेप्सेमा पुन:ओरालो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ असोज २०७६
Sunrise bank
नेप्सेमा पुन:ओरालो
LBEF
NCH-IPS

काठमाडौं । साताको दोस्रो तेस्रो लगातार १० अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक चौथो दिन बुधबार पुनः ओरालो लागेको छ ।  बुधबार नेप्से ४.९८ अंकले घटेर ११४०.७१ बिन्दूमा झरेको छ । 

बुधबार कुल १६१ वटा कम्पनीको  ७ लाख ८५ हजारभन्दा बढी कित्ता शेयर २० करोड रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । यस दिन कारोबारमा आएका समूहमा अन्य र सामूहिक लगानी कोष समूहबाहेक सबै समूहमा गिरावट आएको छ । यस दिन बैंक आफ काठमान्डू शेयर कारोबार उच्च भएको छ । यस बैंकको संस्थापक र साधारण शेयरको दुवैतर्फ उच्च कारोबार भएको छ । बुधबार नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य छ प्रतिशतभन्दा बढीले बढेको छ । त्यस्तै हिमालयन पावर पार्टनरका लगानीकर्ताले भने धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ । 
 

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });