aarthiknews.com शुक्रबार, २२ मंसिर २०८०   Friday, 08 December, 2023
 
Royal Enfield

दुई हाइड्रोपावरले बोलाए साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ असोज २०८०
Global IME
दुई हाइड्रोपावरले बोलाए साधारण सभा
DHI
nmb

काठमाडौं । मादमे खोला हाइड्रोपावर लिमिटेडले असोज २५ गते दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । असोज ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हार्दिक होटल, बागबजार, काठमाडौंमा विहान ९ बजे सभा गर्ने निर्णय गरेको हो ।

सर्वसाधारणमा आईपीओ जारी गर्ने तयारी कम्पनीले गरेको छ । आईपीओ निष्कासनको प्रस्ताव समेत सभाले पारित गर्नेछ । साथै गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय समेत टुङ्ग्याउनेछ । यस कम्पनीले २४ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

त्यस्तै, सुपरमाई हाईड्रोपावर लिमिटेडले असोज २६ गते नवौं वार्षिक साधारण सभा बोलाएको छ । भदौ २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लिसरा रिसेप्सन प्रालि, नक्साल, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७९/९० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुृका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । सर्वसाधारण शेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको नियुक्ती अनुमोदनको विषय पनि सभाका लागि तय भएको छ । प्रबन्धपत्रको दफ ६ (ङ) मा भएको व्यवस्था खारेज गर्ने विषय सभाको विशेष प्रस्तावमा रहेको छ ।  
 

प्रतिक्रिया दिनुहोस