aarthiknews.com शुक्रबार, २२ मंसिर २०८०   Friday, 08 December, 2023
 
Royal Enfield

२५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्दै सिद्धार्थ क्यापिटलले बोलायो साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ असोज २०८०
Global IME
२५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्दै सिद्धार्थ क्यापिटलले बोलायो साधारण सभा
DHI
nmb

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले असोज २५ गते १२औं वार्षिक साधारण सभा बोलाएको छ । क्यापिटलको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले क्यापिटलको नारायणचौर, नक्साल स्थित कार्यालयमा अपरान्ह ४ बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारणको विषय समेत पारित गर्नेछ । 

साथै कर सहित २५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि सभाले पारित गर्नेछ । सभाले गत आर्थिक वर्षमा संस्थागत सामाजिक उत्तरदायित्व शिर्षक अन्तर्गत खर्च भएको २ लाख ६८ हजार ५ रूपैयाँलाई समेत स्वीकृति प्रदान गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस