‘१० हजारको लगानीले करोडौंको मालिक बनायो’ - Aarthiknews
aarthiknews.com सोमबार, २७ असोज २०७६   Monday, 14 October, 2019
 
Bajaj_Bike
महिला उद्यमीको कथा

‘१० हजारको लगानीले करोडौंको मालिक बनायो’

  • मानमती पन्त
    मानमती पन्त
  • बुधबार, २२ असोज २०७६
Sunrise bank
‘१० हजारको लगानीले करोडौंको मालिक बनायो’
LBEF
NCH-IPS

काठमाडौं । १० हजार रुपैयाँ ठूलो परिवारको लागि सामान्य खर्च हो । तर, त्यही सामान्य १० हजार नै उद्यमीको हातमा परेपछि करोडौको आम्दानी गर्न सकिँदो रहेछ ।  महिला उद्यमीको प्रतिनिधित्व गर्ने संस्था महिला उद्यमी महासंघकी अध्यक्ष शारदा रिजालको संघर्ष र सफलताको कथाले त्यही भन्छ । 

काठमाडौंको टेकुमा २०१७ सालमा बुवा शंकरप्रसाद अधिकारी र आमा अम्बिका अधिकारीको कोखबाट जन्मेकी शारदा रिजाल सानैदेखि जिज्ञासु रहेको सुनाउछिन् । कान्तीश्वरी स्कुलबाट पढाइ सकेर शारदाले २०३६ सालमा पद्मकन्या क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरेकी हुन् । 

शिक्षकबाट सन्तुष्ट हुन सकिनन्

शारदाले स्नातक तहको अध्ययन सकेपछि बुवाको आग्रहमा शिक्षण पेसातिर लागेको सुनाइन् तर आफू त्यसमा सन्तुष्ट नभएको उनको भनाइ छ । शारदा भन्छिन्–‘बुबाले सधंै आफ्नो खुट्टामा उभिनुपर्छ भन्नुहुन्थ्यो तर व्यापार व्यवसाय र उद्योगको कुरा भने हँुदैन भन्नु हुन्थ्यो । बुवाको त्यो इच्छा विपरित मैले त्यसबेला उद्योग क्षेत्रतिर जान सकिन । २०३८ सालमा व्यवसाय गर्ने सोच बनाएकी थिए । तर, बुवाको कुरा नकार्न नसकेर शिक्षण पेसा नै अंगालेको सुनाउछिन् । जसकारण उनको उद्योगी बन्ने सपना त्यसबेला पूरा हुन सकेन । 

आमाको सधैं प्रेरणा  

उनी भन्छिन्–‘मलाई सरकारी जागिरभन्दा सानैदेखि उद्यमी बन्ने इच्छा थियो । म सानो परिवार त्यसमा पनि एक्ली छोरी थिँए । स्कुल पढ्दा पढ्दै घरमै आफ्नो, भाइका र छरछिमेकका लुगा सिलाउने गर्थें । आमाले घरमा लुगा सिलाउँदा र काटेको हेर्दा हेर्दै मैले लुगा सिलाउन जानेकी हुँ । म उद्यमी बन्नुमा मेरो आमाको नै देन हो ।’ उनी अगाडि भन्छिन्–‘सधैं मेरी आमाले मलाई प्रेरणा दिनुहुन्थ्यो । आमाको त्यो माया र प्रेरणाले आज म उद्यमी बन्न सफल भएकी हुँ । स्नातक सकेपछि मलाई अब आफंै केही गर्नुपर्छ भन्ने सोच आयो ।

त्रिपुरेश्वरस्थित घरेलु तालिम केन्द्रमा तालिम खुलेको रहेछ । त्यो २०३६ सालको कुरा हो । मैले त्यहाँ तालिम लिए ।  मलाई त्यो तालिम कुनै नयाँ भने लागेन । किनकी म पहिले नै घरमा लुगा सिलाउँथें । त्यो तालिमबाट मैले एउटा कुरा भने सिकें । मलाई सबै आउँथ्यो तर राम्रो ड्राफ्ट भने बनाउन आउँदैनथ्यो । अन्दाजमै लुगा काटेर बनाउने गर्थेें । त्यहाँ गएर त्यो कुरामा चाहिँ पोख्त नै भए । 
उद्योग क्षेत्रमा ३० वर्षको अनुभव

हाल देशभरका महिला उद्यमीको प्रतिनिधित्व गर्ने संस्था महिला उद्यमी महासंघकी अध्यक्ष शारदा रिजाल हुन् । सानैदेखि व्यवसाय गर्न इच्छुक शारदाले स्नातक तहसम्म अध्ययन गरेकी छन् भने आठ वर्ष सिद्धार्थ वनस्थलीमा शिक्षण पेसाको अनुभव पनि सम्हालेकी छन् । शिक्षण पेसाबाट जम्मा भएको रकम नै व्यवसायमा लगानी गरेकी हुन् । रिजालले दाइजो पाएको मेसिनबाट गार्मेन्ट व्यवसाय शुरु गरेकी हुन् । उनले २०४६ सालमा व्यवसाय शुरु गर्दा देशमा राजनीतिक परिवर्तनसंँगै आन्दोलनले तातेको थियो । जसले गर्दा अपेक्षित सफलता हात लागेन ।

तर, रिजालले हिम्मत भने हारिनन् । व्यवसायसंगै करिब १६ वर्षअघि महासंघमा जोडिएकी उनी साधारण सदस्यदेखि कोषाध्यक्ष, सचिव, उपाध्यक्ष हाल अध्यक्ष भएकी छन् । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य रहेकी रिजाल फेल्ड इन्डस्ट्रिज एसोसिएसन अफ नेपालको संस्थापक अध्यक्ष पनि हुन् ।

बिहेपछि मात्र उद्योगी बन्ने सपना पूरा 

स्कुल पढाउँदै गर्दा बुबाले २०४० सालमा कलंकी घर भएका गोपाल रिजालसँग बिहे गरिदिनुभयो । बिहे गर्दा मेरो उमेर २३ वर्ष भएको थियो । बिहे भएपछि पनि मैले स्कुल पढाउने कामलाई निरन्तरता दिएँ । यसबीचमा मेरा दुईवटा बच्चासमेत भए । बच्चा भएपछि पनि मेरो त्यो व्यवसाय गर्ने इच्छा मनमै गडिरहेको थियो । एक दिन मैले मेरो श्रीमानलाई मलाई आफ्नै एउटा व्यवसाय गर्न मन थियो भनें । श्रीमानले तिम्रो इच्छा व्यवसाय गर्नुछ भने गर भनेपछि मैले २०४६ सालमा व्यवसाय शुरु गरेकी हुँ ।

शिक्षणसंँगै व्यवसाय गर्दा समस्या

व्यवसायसँगै मैले स्कुल पढाउने काम पनि गरिरहेकी थिएँ । त्यो समयमा मैले लुगा सिलाउने टेलर होइन, होलसेल फ्याक्ट्री खोलें । शुरुमा मसँग धेरै मेसिन त थिएन, जम्मा तीनवटा मेसिन मात्र थिए । मैले रेडिमेट होलसेल फ्याक्ट्री खोलेकी थिएँ । हामी दुई जना दिदीबहिनी भएर कालिमाटीमा एउटा कोठा भाडामा लिएर बेबी गार्मेन्ट खोलेका थियौं ।

शुरुमा हामीले होलसेलसँग कन्ट्र्याक्ट गरेर रेडिमेड लुगा ल्याएर सिलाउने काम गरेका थियांै । मसँगै भएकी बहिनीको बिहे भएपछि चाहिँ उसको घरपरिवारले हँुदैन भनेपछि छुट्टिन् । उनी छुट्टिएर गए पनि मैले सो व्यवसायलाई निरन्तरता नै दिए । मैले ठूला–ठूला गार्मेन्टमा गएर अर्डर ल्याएर सिलाउँदै आफ्नो व्यवसायलाई अघि बढाएँ ।

मेसिन थप्दै जाँदा ३५ वटा पु¥याएँ । २०४९ सालमा मैले मेरो उद्योगलाई नाम दिएर मिलन गार्मेन्टको नाममा उद्योग विभागमा दर्ता गरेर सञ्चालन गरेँं । ३५ मेसिनले काम गरिरहेकी थिएँ । त्यही समय गल्फ वार पनि भयो । त्यो युद्धले ठूलाठूला उद्योग बन्द भए । फ्याक्टी« बन्द हुन पुग्यो ।  मैले सबै ३५ वटा मेसिन एउटा कोठा भाडामा लिएर राखे ।

घरको काम बालबच्चादेखि लिएर स्कुल पढाउने काम पनि गरिरहेकी थिएँ । मैले रातदिन नभनेर काम गर्थें । शुरुमा श्रीमानले मलाई व्यवसाय गर्न अनुमति दिए पनि व्यवसाय नफस्टाएपछि व्यवसायलाई बन्द गर्न सल्लाह दिनुभयो  । तर, मैले व्यवसायमा जस्तो अवस्था आए पनि बन्द गर्न सक्दिनँ भनेकी थिए । शुरुका एक दुई वर्ष देशको राजनीति अवस्था राम्रो नहुँदा मलाई धेरै समस्या भएको थियो । त्यतिबेला मलाई पसलको भाडा तिर्नसमेत समस्या भयो । विद्यार्थीलाई ६ महिनासम्म ट्युसन पढाएर भाडा तिरेकी थिएँ । त्यसो गर्दै मैले मेरो व्यवसाय बचाएकी हुँ । 

त्यो समय मेरो कुरा काट्नेको भने कमी थिएनन् । म राति साना छोराछोरीलाई छोडेर अर्डर आएको काम गर्न जान्थें । छोराछोरी सानै थिए । म राति काम गर्न जाँदा छोरी न्याउरो मुख लाएर बस्थिन् । मलाई नराम्रो लाग्थ्यो । तर, के गर्नु मलाई मेरो व्यवसायलाई बचाउनु थियो । 

एक दिन छोरीलाई मनाउन छोरीका अगाडि पैसाको मुठा लिएर राखें र भने–‘ काम गरेपछि धेरै पैसा आउँछ । त्यो दिनदेखि छोरीले केही पनि भनिन । किन हामीले अर्डर आएको कामलाई समयमा बुझाउनुपथ्र्याे । व्यवसाय गर्नाले रातदिन केही पनि भन्न मिल्दैन । त्यसरी काम नगर्दा व्यवसायलाई नै अघि बढाउन गाह्रो हुन्छ । म यसरी नै आफ्नो व्यवसाय अघि बढाउँदै गए ।’ 

मैले आफ्नो व्यवसायलाई आफ्नै तरिकाले लिइरहेकी थिएँ । पछि दुई जना साथी मसँग ३५/३५ वटा मेसिन ल्याएर जोडिनुभयो । पछि हाम्रो तीन जना साथी गरेर हाम्रो १०५ वटा मेसिन सञ्चालनमा आए । बिस्तारै फेरि व्यवसाय राम्रो हुँदै गयो । फेरि एक–दुई वर्ष गरेर मसँग जोडिएका साथी छुट्टिएर गए । मैले आफंै एक्लै व्यवसायलाई अघि बढाएँ ।

विदेशी अर्डरमा सहयोगी भाइ 

मेरो भाइबाट एउटा इंग्ल्यान्डका नागरिकले मलाई करिब एक लाखसम्मको हेटक्याप बनाउने अर्डर दिए । अनि मलाई काम गर्न समस्या भएन । पछि बहराइनका एक व्यक्तिले मेरो काम राम्रो देखेर उनको पनि अर्डर आउन थाल्यो । यसरी बिस्तारै व्यवसाय बढ्दै गयो । अहिले निटिङको मोजा, टोपी, जुत्ता लगायतका साम्रगी त्यस्तै हाते पेन्टका लुगासंगै अरु सामग्री पनि बनाउँदै आएको बताउँछिन् । 

विभिन्न संघसंस्थामा पनि संलग्न भए व्यवसायीहरुसंग पनि सम्बन्ध बढ्दै गयो । पछि मैले उत्पादन गरेको सामान विभिन्न देशमा जान थाल्यो । पछि व्यवसाय बढ्दै गयो । महिनामा ४–५ लाखसम्मको व्यवसाय हुन थाल्यो । अनि मलाई खासै समस्या भएन । मेरो गार्मेन्टमा सयदेखि २ सय जनाले काम गर्न थाले । १० हजारबाट शुरु गरेको व्यापारले घर बनाउनुसंँगै करौडौं कि मालिक समेत बनायो  ।

मेरो जीवनमा चुनौती जस्तो सुकै आए पनि म हतोत्साही कहिले भइन् । सोचलाई  जहिले सकारात्मक बनाएर अघि बढे ।  जहिले आफ्नो नामले चिनिन चाहन्थे र सपना पनि देखिरहन्थे तर दिउँसोको सपना साच्चै लक्ष्यमा पुग्दो रहेछ भन्नेमा  आफू ढुक्क रहेको रिजालले सुनाइन ।

(आर्थिकन्युज डटकमका लागि मानमति पन्तसँग रिजालले गरेको कुराकानीमा आधारित)


 

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });