aarthiknews.com आइतबार, २५ जेठ २०७७   Sunday, 07 June, 2020
 
Tansen_cement
hulas Remite

मार्जिन कारोबार सुविधाको कार्यान्वयन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ असोज २०७६
Sunrise
मार्जिन कारोबार सुविधाको कार्यान्वयन
LBEF

काठमाडौं । धितोपत्रको दोस्रो बजारमार्फत लगानी गर्ने सर्वसाधारण लगानीकर्तालाई अन्तर्राष्ट्रिय अभ्यास अनुरुप मार्जिन कारोबार सुविधा शुरु भएको छ । नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबार सुविधा कार्यान्वयनमा ल्याउन पहल गरे स्वरुप एक धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोवार सुविधाको कार्यान्वयन गरेको हो ।

 बोर्डले नयाँ वित्तीय उपकरणको रुपमा ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन, २०७४’ अनुरुप नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट तयार गरिएको कार्यविधिलाई स्वीकृति दिँदै मार्जिन कारोबारमा धितोपत्र दलाल र ग्राहकको समझदारीमा ऋणको ब्याजदर हुने व्यवस्था गर्नुको साथै मार्जिन कारोबार सुविधा संचालनका लागि छुट्टै हितग्राही खाताको व्यवस्था समेत गर्दै मार्जिन कारोबार सुविधा शीघ्र संचालन गर्न निर्देशन दिएको थियो ।
 
धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार  शुरु गरेसँगै अब लगानीकर्ताले दोस्रो बजारमार्फत शेयर खरिद गर्न तोकिएको धितोपत्रको मार्जिन राखेर शेयर खरिद गर्न सक्ने छन् । हालसम्म नेप्सेबाट २१ वटा धितोपत्र दलाल व्यवसायीलाई मार्जिन कारोबारको लागि कर्जा प्रदान गर्न स्वीकृति  लिएका छन् ।
 शेयर खरिद बिक्री गर्न एकद्वार प्रणालीमार्फत सवै सुविधा उवलब्ध गराउने  बोर्डको नीति अनुरुप नयाँ वित्तीय उपकरणको रुपमा मार्जिन कारोबार धितोपत्र बजारमा प्रवेश गराई धितोपत्र दलाल व्यवसायीको कार्य क्षेत्र समेत विस्तार भएको छ । 
 

प्रतिक्रिया दिनुहोस