
काठमाडौं । सानिमा सेक्यूरिटीज लिमिटेडले असोज २६ गते प्रथम वार्षिक साधारण सभा बोलाएको छ । भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले विहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय, पुतलीसडक, काठमाडौंमा सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तिय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय समेत टुङ्ग्याउनेछ । नयाँ ब्रोकर कम्पनीको रुपमा सञ्चालित यस कम्पनीले पहिलो वर्षनै शेयरधनीहरूलाई २ दशमलव ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
सभाको विशेष प्रस्तावमा प्रबन्धपत्रमा अन्य कम्पनीको शेयर, डिबेन्चर, बण्ड, म्युचुअल फण्ड आदिमा लगानी गर्ने उदेश्य थप गर्ने उल्लेख छ । प्रबन्धपत्रको प्रस्तावित संशोधन नियमनकारी निकायबाट कुनै फेरबदल गर्न सुझाब भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
प्रतिक्रिया दिनुहोस