फेरि बढ्यो सुनको मूल्य - Aarthiknews
aarthiknews.com आइतबार, २२ मंसिर २०७६   Sunday, 08 December, 2019
 
Bajaj_Bike

फेरि बढ्यो सुनको मूल्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ असोज २०७६
Sunrise bank
फेरि बढ्यो सुनको मूल्य
LBEF
NCH-IPS

काठमाडौं । मङ्गलबार केही गिरावट आएको सुनको मूल्य आज स्थानीय बजारमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु ६०० ले वृद्धि भएको छ ।

छापावाला सुनको मूल्य प्रतितोला रु ६९ हजार ८०० कायम भएको महासङ्घले जनाएको छ । मङ्गलबार छापावाला सुन प्रतितोला रु ६९ हजार २०० मा खरीद बिक्री भएको थियो ।

त्यसैगरी तेजाबी सुनको मूल्य प्रतितोला रु ६९ हजार ५०० निर्धारण भएको छ । मङ्गलबार तेजाबी सुन प्रतितोला रु ६८ हजार ९०० मा कारोवार भएको थियो ।

सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । चाँदी प्रतितोला रु १० ले बढेर रु ८३५ पुगेको महासङ्घले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस