aarthiknews.com बुधबार, १० असोज २०८०   Wednesday, 27 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

३० लाख कित्ता ऋणपत्र विक्री गर्न सिटिजन्स बैंकले पायो स्वीकृति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ असोज २०८०
himalayanlife
३० लाख कित्ता ऋणपत्र विक्री गर्न सिटिजन्स बैंकले पायो स्वीकृति
DHI
NIBL

काठमाडौं  । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न स्वीकृति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले भदौ २९ गते बैंकले ऋणपत्र निष्कासनका लागि स्वीकृति प्रदान गरेको हो ।

 बैंकको ऋणपत्र विक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड छ । कम्पनीले आगामी १० वर्षका लागि वार्षिक १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न सेबोनबाट स्वीकृति पाएको हो । कुल कित्ता ऋणपत्रमध्ये बैकले १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि सार्वजनिक निष्कासन गर्नेछ भने १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ ।
 

प्रतिक्रिया दिनुहोस