aarthiknews.com शुक्रबार, २२ मंसिर २०८०   Friday, 08 December, 2023
 
Royal Enfield

नेपाल पुनर्बीमा कम्पनीको १९ लाख ७९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ असोज २०८०
Global IME
नेपाल पुनर्बीमा कम्पनीको १९ लाख ७९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
DHI
nmb

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले १९ लाख ७९ हजार ४२४ कित्ता संस्थापक शेयर असोज २ गतेदेखि विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूलाई पहिलो प्राथमिकता दिदैं यो शेयर बिक्रीमा ल्याएको हो । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ । यी शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले कात्तिक १० गते अपरान्ह २ बजेभित्र विक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडको लाजिम्पाट, काठमाडौंमा रहेको कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ । 

कम्पनीले शेयरको मूल्य प्रतिकित्ता ३०० रूपैयाँ तोकेको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम सम्पूर्ण कित्ताका लागि  आवेदन दिनुपर्नेछ । आवेदन दिंदा अनिवार्य रुपमा स्थायी लेखा नम्बर आवेदन फारममा उल्लेख गर्नुपर्ने जानकारी समेत कम्पनीले दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस