aarthiknews.com बुधबार, १० असोज २०८०   Wednesday, 27 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

हाथवे इन्भेष्टमेण्टको आईपीओ बाँडफाँट, तीन हजारभन्दा बढीको आवेदन रद्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ असोज २०८०
himalayanlife
हाथवे इन्भेष्टमेण्टको आईपीओ बाँडफाँट, तीन हजारभन्दा बढीको आवेदन रद्द
DHI
NIBL

काठमाडौं । हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडले सर्वसाधारणमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । मंगलवार विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले विहान ९ बजे एक कार्यक्रमको आयोजना गरी आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले सर्वसाधारणमा भदौ २१ गतेदेखि २५ गतेसम्म २४ लाख २७ हजार ७५० कित्ता आईपीओ विक्री गरेको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदकहरूमध्ये १ लाख २१ हजार ३८७ जना आवेदकहरूले २० कित्ताका दरले आईपीओ प्राप्त गरेका छन् । १० जना आवेदकले भने २१ कित्ताका दरले आईपीओ पाएका छन् ।  

विक्री प्रबन्धकका अनुसार कम्पनीको आईपीओ खरीदका लागि १२ लाख ७० हजार ९९१ जनाले २ करोड ९७ लाख ५९ हजार ८२० कित्ता शेयर खरीद माग गरेका थिए । यी मध्ये १२ लाख ६७ हजार ७०९ जनाको २ करोड ९६ लाख ५१ हजार ५२० कित्ताको आवेदन मात्र रितपूर्वक भएको छ । रितपूर्वक नभएको ३ हजार २८२ जनाको १ लाख ८ हजार ३०० कित्ताको आवेदन भने रद्द भएको छ । 
 

प्रतिक्रिया दिनुहोस