aarthiknews.com सोमबार, १५ असोज २०८०   Monday, 02 October, 2023
 
Rajaswo Anusandhan Bighag
British College

काठमाडौंको चर्चित टिपटप मिठाईमा अखाद्य वस्तु, दुई लाख रुपैयाँ जरिवाना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ असोज २०८०
himalayanlife
काठमाडौंको चर्चित टिपटप मिठाईमा अखाद्य वस्तु, दुई लाख रुपैयाँ जरिवाना
DHI
NIBL

काठमाडौं । काठमाडौँ महानगरपालिकाले टिपटप मिठाई पसललाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ । काठमाडौंको विशालबजार नजिकै रहेको यो मिठाई पसल चर्चित छ ।

बजार अनुगमनका क्रममा काठमाडौँ महानगरपालिका वडा नं १७, शुक्रपथमा सञ्चालित उक्त मिठाई पसलले अखाद्य वस्तु बेचेको पाइएपछि रु दुई लाख जरिवाना गरिएको काठमाडौँ महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

दीपकराज थपलियाले सञ्चालन गरेको उक्त मिठाई पसलले उत्पादन गरेको सामान बिग्रिएको पाइएपछि जरिवाना गरेको प्रहरी प्रमुख पाण्डेले बताए । महानगरपालिकाले पसलमा अखाद्य वस्तु नराख्न, कर्मचारीको बोलीबचन सुधार गर्न र दूधजन्य वस्तुको तापक्रम कायम राख्न आदेश समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस