aarthiknews.com सोमबार, १५ असोज २०८०   Monday, 02 October, 2023
 
Rajaswo Anusandhan Bighag
British College

प्राधिकरणका १०४ कर्मचारी सरुवा, निर्देशकदेखि इञ्जिनियरसम्म परे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ असोज २०८०
himalayanlife
प्राधिकरणका १०४ कर्मचारी सरुवा, निर्देशकदेखि इञ्जिनियरसम्म परे
DHI
NIBL

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १०४ कर्मचारी सरुवा गरेको छ । केन्द्रदेखि ग्रीड शाखासम्मका कर्मचारी सरुवामा परेका हुन्‌ । सरुवामा परेका निर्देशकदेखि इञ्जिनियरसम्मको कार्यालय परिवर्तन भएको छ ।

कर्मचारी सरुवा गर्न हिजो (भदौ ३१ मा) प्राधिकरणको बैठक बसेको थियो । सोही बैठकले कर्मचारी सरुवासम्बन्धी निर्णय गरेको हो । सरुवा भएका कर्मचारीको सूची प्राधिकरणले सार्वजनिक गरिसकेको छ ।

कार्यकारी निर्देशक कुलमान घिसिङकै सचिवालयमा रहेका निर्देशक कमल आचार्यलाई प्राधिकरणले गण्डकी प्रदेश, प्रादेशिक कार्यालय पोखराको प्रमुख बनाएर पठाएको छ । यस्तै, प्रबन्धक दीपेन्द्रराज द्विवेदी र मनोजकुमार यादव पनि क्रमशः संस्थागत योजना महाशाखा र प्रदेश डिभिजन कार्यालय हेटौंडामा सरुवा भएका छन्‌ ।

११ उपप्रबन्धक र २४ सहायक प्रबन्धक पनि सरुवामा परेका छन्‌ । सबैभन्दा धेरै ६६ जना इञ्जिनियरहरूको सरुवा भएको छ ।

प्राधिकरणले भदौ २६ गते पनि उत्पादन केन्द्रका १७ प्रमुखहरूको सरुवा गरेको थियो ।

सरुवा भएका कर्मचारीको सूचीः

प्रतिक्रिया दिनुहोस