शीर्षकहरू

नवीनतम कृषि यात्राका लागि मार्ग दर्शक ‘सुपर कृषक’ एप

नवीनतम कृषि यात्राका लागि मार्ग दर्शक ‘सुपर कृषक’ एप

काठमाडौं । तपाइको बालीनालीलाई रोग किराले सताएको खण्डमा समाधानका लागि कहाँ धाउनु हुन्छ ? एग्रो भेटहरूबाट पाएको परामर्श र विषादीहरू कतिको प्रभावकारी हुन्छन् ? के तपाइलाई विभिन्न कृषि कार्यहरू गर्नु पर्ने वास्तविक समयबारे जानकारी छ ? के तपाईँले हरेक दिन सल्लाह र सुझावका लागि कृषि प्राविधिकलाई भेट्न सक्नुहुन्छ ? 

परम्परागत खेती प्रणालीले जरो गाडेको हाम्रो देशमा माथि उल्लिखित सुविधाहरू सहजै पाउनु सायदै सम्भव होला । तर, यी नै समस्यालाई मध्यनजर गर्दै सुपर कृषक एपले विगत डेढ वर्षदेखि नवीनतम प्रविधिको माध्यमबाट साना किसान, व्यावसायिक कृषक, कृषिका विद्यार्थी, कृषि उद्यमी लगायत कृषि अनुसन्धान कर्ता र प्राविधिकहरू लाई कृषि कार्यमा सहजीकरण, समस्याको समाधान र ज्ञानको वृद्धि गर्ने उद्देश्य बोकेर देश भरमा सेवा प्रवाह गर्दै आइरहेको छ । 

नेपाली भाषा प्रयोग भएकोले यस डिजिटल एपलाई किसानहरूले सजिलै सङ्ग प्रयोग गर्न सक्छन् । घाम पावर नेपालले विकास गरिरहेको यो एपले आज सम्म १० हजार भन्दा बढी कृषि सरोकारवालाहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ । विभिन्न नयाँ सुविधाको आगमनसँगै सेवा प्रवाहको दायरा फराकिलो बनाउँदै गइरहेको छ । 

कृषक एपले भर्खरै मात्र ल्याएको, आफ्नो नाम जस्तै सुपर सुविधाहरू हुन् “कृषि चिना” र “कृषि डाक्टर”। यो लगायत एपमा अरू थुप्रै सुविधाहरू ल्याएको छ । यो लगायत सुपर कृषक एप प्रयोगकर्ताले विविध उपयोगी सेवा पनि एप मार्फत लिन सकिन्छ ।