aarthiknews.com सोमबार, १५ असोज २०८०   Monday, 02 October, 2023
 
Rajaswo Anusandhan Bighag
British College

इटालीमा आप्रवासी संकट, ईयू प्रमुख रोम जाँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३१ भदौ २०८०
himalayanlife
इटालीमा आप्रवासी संकट, ईयू प्रमुख रोम जाँदै
DHI
NIBL

एजेन्सी । उत्तर अफ्रिकी मुलुक ट्युनिसियाबाट डुंगा चढेर तीन दिनमै आठ हजार ५०० आप्रवासी ओइरिएपछि यूरोपेली मुलुक इटाली तनावमा परेको छ । ट्युनिसियाको तटबाट करिब १४५ किलोमिटर दूरी पार गर्दै केही दिनभित्रै हजारौं आप्रवासीहरू इटाली प्रवेश गरेका हुन्‌ ।

आप्रवासीको आगमन बढेपछि यूरोपेली संघ (ईयू) का प्रमुख उर्सुला भोन डेर लेयेनले इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनीसँग इटालीको लाम्पेडुसा टापुको भ्रमण गर्ने भएका छन्‌ । ट्युनिसियाबाट शरणार्थीहरू सोही टापुमा पुग्ने गरेका छन्‌ ।

अधिकारीहरूले शुक्रबार उक्त सानो टापुबाट हजारौं आप्रवासीहरूलाई सिसिलीमा स्थानान्तरण गरेका थिए । शरणार्थीहरूको आगमनमा भएको वृद्धिले शरणार्थीहरूको लागि यूरोपले कसरी जिम्मेवारी साझेदारी गर्दछ भन्ने बहसलाई पुनर्जीवित गरेको छ ।

इटालीको सबैभन्दा दक्षिणी टापु लाम्पेडुसा लामो समयदेखि उत्तरी अफ्रिकाबाट आएका आप्रवासी डुङ्गाहरूको अवतरण स्थल रहँदै आएको छ । तर ४०० भन्दा कम मानिसका लागि बनाइएको आप्रवासी केन्द्र यो हप्ता अस्तव्यस्त भएको थियो । संयुक्त राष्ट्रसंघीय आप्रवासन निकायका अनुसार सोमबारदेखि बुधबारसम्म १९९ वटा डुङ्गामा करिब आठ हजार ५०० मानिस आएका छन् ।

इटालीको कडा दक्षिणपन्थी सरकारका सदस्यहरूमा हजारौं मानिसहरू खुला हावामा सुतेको, परिधिको घेरा नाघेर शहरको चारैतिर घुमिरहेको तस्बिरले आक्रोश उत्पन्न गरेको थियो ।

उप–प्रधानमन्त्री माटेओ साल्भिनीले ती व्यक्तिहरूको आगमनलाई ‘युद्धको कार्य’ भनेका छन्‌ । शुक्रबार मेलोनीले युरोपेली संघलाई मद्दतका लागि थप कदम चाल्न आग्रह गरेका छन्‌ ।

मेलोनीको बलियो समर्थनमा भोन डेर लेयेनले जुलाईमा ट्युनिसियासँग सम्झौता गरेका थिए । सम्झौताको उद्देश्य उत्तर अफ्रिकी देशबाट अनियमित आप्रवासनको प्रवाहलाई रोक्नु रहेको थियो ।

प्रतिक्रिया दिनुहोस