aarthiknews.com सोमबार, १५ असोज २०८०   Monday, 02 October, 2023
 
Rajaswo Anusandhan Bighag
British College

नेको इन्स्योरेन्सको साधारण सभा असोज १० गते, २५ प्रतिशत हकप्रदको प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३१ भदौ २०८०
himalayanlife
नेको इन्स्योरेन्सको साधारण सभा असोज १० गते, २५ प्रतिशत हकप्रदको प्रस्ताव
DHI
NIBL

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले असोज १० गते विशेष साधारण सभा बोलाएको छ । भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । 

कम्पनीले २५ प्रतिशत हकप्रद शेयर निष्कासन प्रस्ताव पारितका लागि विशेष साधारण सभा बोलाएको हो । हाल कम्पनीको चुक्तापूँजी २ अर्ब १ करोड २३ लाख ६० हजार ६१९ रूपैयाँको आधारमा २५ प्रतिशत हकप्रद शेयर निष्कासनको तयारी कम्पनीले गरेको हो । 

विशेष साधारण सभाबाट पारित गरेपछि कम्पनीले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिनेछ । कम्पनीले ५० करोड ३० लाख ९० हजार १५५ रूपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असोज १८ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस