aarthiknews.com सोमबार, १५ असोज २०८०   Monday, 02 October, 2023
 
Rajaswo Anusandhan Bighag
British College

संस्थागत निक्षेप जोगाउन बैंकहरूले बढाए ब्याजदर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३१ भदौ २०८०
himalayanlife
संस्थागत निक्षेप जोगाउन बैंकहरूले बढाए ब्याजदर
DHI
NIBL

काठमाडौं । वाणिज्य बैंकहरूले बजारमा पर्याप्त तरलता हुँदाहुँदै असोज महिनाका लागि निक्षेपमा ब्याजदर बढाएका छन्‌ । निक्षेपसँगै अब बजारमा कर्जाको ब्याजदर समेत बढ्नेछ ।

कर्जामा ब्याजदर नबढाउने शर्तमा सरकारले बैंकहरूले केही अघिमात्रै स्थानीय तहको ६० प्रतिशत रकम निक्षेपमा गणना गर्न दिएको थियो । तर, सरकारले सुविधा दिँदादिँदै पनि कर्जाकै ब्याजदर बढाउने बाटोमा बैंकहरू अघि बढेका हुन् ।

कम्तिमा ७ वाणिज्य बैंकहरूले निक्षेपमा अधिकतम १.४ प्रतिशतसम्म ब्याजदर वृद्धि गरेका हुन्‌ । ६ बैंकले भने ब्याजदर झिनो अंकले घटाएका छन्‌ ।

बैंकहरूले आफूसँग रहेको ठूलो आकारको संस्थागत निक्षेप परिपक्व हुने अवस्था रहेकाले सो निक्षेप फिर्ता जान नदिन ब्याजदर बढाएका हुन्‌ । संस्थागत निक्षेप ठूलो आकारको भएको र त्यो बाहिरिँदा तरलता अभाव भोग्नुपर्ने अवस्था आउन नदिन ब्याजदर बढाइएको बैंकरहरू बताउँछन्‌ ।

निक्षेपमा ब्याजदर बढाउनेमा हिमालयन, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट मेगा, प्राइम कमर्सियल र नबिल बैंक छन् । प्राइम कमर्सियल बैंकले व्यक्तिगत निक्षेपमा सबैभन्दा बढी ११.३५८ प्रतिशत ब्याज दिने जनाएको छ । संस्थागत निक्षेपको ब्याजदर ९.३५८ प्रतिशत तोकेको छ ।

बजारमा कर्जा माग ठप्पजस्तै रहेको र पर्याप्त तरलता रहेकाले बैंकरहरूले कम्तिमा असोज महिनामा ब्याजदर नबढ्ने बताइरहेका थिए । शुक्रबार (भदौ २९)  सम्म बैंक तथा वित्तीय संस्थाले ७४ अर्ब रुपैयाँ निक्षेप वृद्धि गरेकोमा करिब ३८ अर्ब रुपैयाँमात्रै कर्जा प्रवाह गरेका छन्‌ । कूल कर्जा लगानीभन्दा कूल निक्षेप दोब्बरले बढी हुँदा पनि बैंकहरूले ब्याजदर बढाएका हुन्‌ ।

प्रतिक्रिया दिनुहोस