aarthiknews.com सोमबार, १५ असोज २०८०   Monday, 02 October, 2023
 
Rajaswo Anusandhan Bighag
British College

तलब वृद्धि माग गर्दै अमेरिकाका १३ हजार मजदूर हडतालमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ भदौ २०८०
himalayanlife
तलब वृद्धि माग गर्दै अमेरिकाका १३ हजार मजदूर हडतालमा
DHI
NIBL

एजेन्सी । वेतन वृद्धिको माग गर्दै करिब १३ हजार  कामदार सवारी साधन बनाउन छाडेर हडतालमा उत्रिएका छन् । आफ्नातर्फबाट वार्तामा बसेका प्रतिनिधिले व्यवस्थापन पक्षसँगको वार्तामा माग पूरा गराउन नसकेपछि उनीहरू हडतालमा उत्रिएका हुन् । 

युनाइटेड अटो वर्कर्स युनियनका सदस्यहरूले मिसौरीको वेन्ट्जभिलमा रहेको जनरल मोटर्सको एसेम्बली प्लान्ट, डेट्रोइट नजिकैको मिशिगनको वेनमा रहेको फोर्ड कारखाना र ओहायोको टोलेडोमा रहेको स्टेलान्टिस जीप कारखानामा काम ठप्प पारेका छन् । मजदूहरूको सेवा सुविधासम्बन्धी चारवर्षे सम्झौता गत मध्यरातपछि समाप्त भएको हो ।

कर्मचारी युनियनको ८८ वर्षको इतिहासमा यति धेरै मजदूरले काम छाडेर हडताल गरेको यो पहिलो पटक हो । हडताल लम्बिएमा सवारी साधनको अभाव हुने र मूल्य बढ्न सक्ने चेतावनी व्यापारीहरूले दिएका छन् । तीनवटै कम्पनीमा मजदूर एकैसाथ आन्दोलनमा उत्रिदा अटो उद्योगमा  समस्या हुने उनीहरूले बताएका छन् ।

राष्ट्रपति जो बिडेनलाई अमेरिकी इतिहासमा सबैभन्दा युनियन–मैत्री भनिए पनि मजदूरका माग सम्बोधन नभएकाले आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा त्यसले प्रभाव पार्ने ठानिएको छ । विश्वभरका कामदारले अटो मजदूरहरूको यो आन्दोलनलाई नजिकबाट नियालिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस