aarthiknews.com सोमबार, १५ असोज २०८०   Monday, 02 October, 2023
 
Rajaswo Anusandhan Bighag
British College

नेपाल पुनर्बीमा कम्पनीले सार्वजनिक गर्यो तेस्रो त्रैमासिक वित्तीय विवरण, कस्तो छ अवस्था ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ भदौ २०८०
himalayanlife
नेपाल पुनर्बीमा कम्पनीले सार्वजनिक गर्यो तेस्रो त्रैमासिक वित्तीय विवरण, कस्तो छ अवस्था ?
DHI
NIBL

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार तेस्रो त्रैमाससम्ममा कम्पनीले जीवन व्यवसायबाट रू. ६ करोड ७१ लाख र निर्जीवन व्यवसायबाट रू. ५२ करोड ९० लाख नाफा कमाएको छ । 

अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा भने कम्पनीले निर्जीवन व्यवसायबाट रू.६० करोड २१ लाख नाफा कमाएको थियो भने जीवन व्यवसायबाट रू.२ करोड ९७ लाख नोक्सानीमा ब्यहोरेको थियो । निर्जीवन व्यवसाय तर्फको नाफा अघिल्लो आवको तुलनामा गत आवमा १२ दशमलव १३ प्रतिशत घटेको छ । 

निर्जीवन व्यवसायबाट हुने आम्दानी भने अघिल्लो आवको तुलनामा गत आवमा बढेको छ । अघिल्लो आवमा निर्जीवन ब्यवसायबाट रू. १ अर्ब ३ करोड भन्दा बढी आम्दानी गरेकोमा गत आवमा बढेर रू. १ अर्ब ८९ करोड भन्दा बढी पुगेका छ । त्यस्तै जीवन व्यवसायको आम्दानी अघिल्लो वर्ष रू.१ अर्ब ५३ करोड ऋणात्मक रहेकोमा गत वर्ष रू. १२ करोड ३२ लाख धनात्मक भएको छ । 

कम्पनीको चुक्ता पूँजी रू. ११ अर्ब ६५ करोड रहेको छ । कम्पनीले निर्जीवन ब्यवसाय तर्फको जगेडामा रू. ४ अर्ब ७८ करोड र जीवन व्यवसाय तर्फको जगेडामा रू.६० करोड २५ लाख सञ्चिती गरेको छ । 

गत आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले कुल रू. ४ अर्ब ५९ करोड भन्दा बढी बीमाशुल्क आर्जन गरेको छ । सो अवधिमा कम्पनीेले रू. ३ अर्ब ९३ करोड कुल दाबी भुक्तानी गरेको छ भने रू. १ अर्ब ४० करोड दाबी भुक्तानी गर्न बाँकी रहेको छ । प्रतिशेयर आम्दानी रू. ६ दशमलव ८२ र प्रतिशेयर नेटवर्थ रू. १७४ दशमलव ४६ रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस