aarthiknews.com सोमबार, १५ असोज २०८०   Monday, 02 October, 2023
 
Rajaswo Anusandhan Bighag
British College

सुजुकी ‘पर्वोत्सव’ ग्राहक योजनामा नाडा अटो शो को लागि अझै विशेष छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ भदौ २०८०
himalayanlife
सुजुकी ‘पर्वोत्सव’ ग्राहक योजनामा नाडा अटो शो को लागि अझै विशेष छुट
DHI
NIBL

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले  यस दशैं तिहार भरीका लागी आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको थियो  । यो योजना अन्तर्गत ग्राहकले एक  लाख रुपैयाँ सम्मको नगद छुट, १ वर्षको सवारी बीमा  र एक  लाख रुपैयाँ सम्मको  एक्सचेन्ज बोनस पाउन  सक्नेछन् । 

कम्पनीले नाडा अटो शो लक्षित गरि शोमा खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्ड मार्फत थप  एक लाख  रुपैयाँसम्मको छुट प्रधान गर्नेछ । यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३५  वटै सोरूमहरुमा लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुनेछन । 

नाडा अटो शोमा सुजुकीका नया एसयुभीहरु जिम्नी, फ्रोन्क्सको साथै सुजुकीका अरु एसयुभी ग्रान्ड भितारा र  नया ब्रेजा डिस्प्लेमा हुने कम्पनीले जनाएको छ । यो योजना सिमित अवधिका लागी मात्र जारी गरिएको छ ।
 

प्रतिक्रिया दिनुहोस