शीर्षकहरू

लाइफ इन्स्योरेन्स कर्पोरेशनले यस वर्ष पनि लाभांश वितरण नगर्ने

लाइफ इन्स्योरेन्स कर्पोरेशनले यस वर्ष पनि लाभांश वितरण नगर्ने

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले यस वर्ष पनि लगानीकर्ताहरूको हात खाली बनाउने भएको छ । आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट लाभांश वितरण नगरेको कम्पनीले आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

 भदौ २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा स्वीकृतिका लागि पेश गर्ने निर्णय गर्दै कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । विगतका वर्षहरूमा अधिकतम ६५ दशमलव २६ प्रतिशतसम्म लाभांश वितरण गरेको कम्पनीले लगातार दुई आर्थिक वर्ष लगानीकर्ताको हात खाली बनाएको हो । 

आर्थिक वर्ष ०६८/६९ को मुनाफाबाट कम्पनीले ६२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ३ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । पछिल्लो समय आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट भने कम्पनीले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।