aarthiknews.com सोमबार, १५ असोज २०८०   Monday, 02 October, 2023
 
Rajaswo Anusandhan Bighag
British College

सोनापुर मिनरल्स् एण्ड आयलको आईपीओ खरिद गर्ने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ भदौ २०८०
himalayanlife
सोनापुर मिनरल्स् एण्ड आयलको आईपीओ खरिद गर्ने आज अन्तिम दिन
DHI
NIBL

काठमाडौं । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले साउन २९ गतेदेखि निष्कासन गरेको आईपीओ खरीदका लागि आयोजना प्रभावित स्थानीयले आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणमा विक्री गरिने कुल कित्ता शेयरमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ विक्री गरेको हो । 

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने भदौ ११ गतेसम्म आईपीओ विक्री गरेको थियो । वैदेशिक रोजगारीमा रहेका नेपालीमा भने कम्पनीले १० लाख ७६ हजार २६८ कित्ता आईपीओ विक्री गरेको हो । कम्पनीले जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको १ करोड २३ लाख २०० लाख कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति पाएको थियो । कम्पनीले प्रिमियम मूल्य सहित आईपीओ विक्री गर्न अनुमति पाएको हो ।

आयोजना प्रभावित स्थानीयमा प्रतिकित्ता १०० अंकित मूल्यमा प्रिमियम वापत् १२५ रूपैयाँ थप गरी प्रतिकित्ता २२५ रूपैयाँ र सर्वसाधारणमा प्रतिकित्ता १०० रूपैयाँमा प्रिमियम वापत् १३७ रूपैयाँ ५८ पैसा थप गरी प्रतिकित्ता २३७ रूपैयाँ ५८ पैसामा आईपीओ विक्री गर्न अनुमति पाएको हो ।

सर्वसाधारण तर्फको शेयरमध्ये १० प्रतिशत शेयर आयोजना प्रभावित स्थानीयका लागि जारी गरिएको हो । कुल कित्ता आईपीओ मध्ये कम्पनीले उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पा जिल्लाका स्थानीय बासिन्दाका लागि १५ लाख ३७ हजार ५२५ कित्ता आईपीओ विक्री गर्न लागेको हो । यो आईपीओ खरीदका लागि यूनतम १० कित्ताको माग गर्न सकिनेछ । अधिकतम कित्ताका लागि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले १५ लाख कित्तासम्म माग गर्न सक्नेछन् । 

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स इन्टरनेशनल बैंक, कुमारी बैंक, शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । 

आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने आईआरएन ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यस कम्पनीले दाङ जिल्लामा क्लिंकर र सिमेन्ट उत्पादन गर्दै आएको छ । २०६९ साल जेठ १८ गतेदेखि कम्पनीले उत्पादन सुरू गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस