
काठमाडौं । नेपालको प्रतिनिधित्व गर्दै नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सका ४ जना एजेन्सी मेनेजरहरुले सिंगापुरमा आयोजित ‘एमडीआरटी ग्लोबल कन्फरेन्स’मा सहभागिता जनाएक छन् । विश्वस्तरिय मान्यता प्राप्त बीमा अभिकर्ताहरुको प्रतिष्ठित संस्था एमडीआरटीले आफ्नो ग्लोबल कन्फरेन्स सिंगापुरमा सम्पन्न गरेको हो ।
२७ देखि ३० अगस्ट सम्म चलेको कार्यक्रममा विश्वभरिबाट लगभग सात हजार पाँच सय जनाको उपस्थिति रहेको थियो । नेपाल लाइफ इन्स्योरेन्सबाट नेपाललाई प्रतिनिधित्व गर्दै कार्यक्रममा राम चन्द्र गौतम, रमा बुढाथोकी बस्नेत, सोमली शेर्पा र नेत्र कुमारी बुढाथोकी ज्युले सहभागिता जनाएका थिए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यसरी अन्तर्राष्ट्रिय स्तरमा देश र कम्पनीको प्रतिनिधित्व गर्नु गौरवको कुरा भएको बताए । यस्तो एक्सपोजरले व्यक्तित्व विकाशका साथै आफ्नो लर्निङ्ग कर्भलाई माथि लैजान निकै सहयोग पुग्ने बताए ।
प्रतिक्रिया दिनुहोस