
एजेन्सी । सन् २०२३ को क्रिकेट विश्वकपका लागि भारतीय टोलीको घोषणा गरिएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले मंगलबार टोली घोषणा गर्दा विश्वकपमा भारतको कमाण्ड कप्तान रोहित शर्मालाई सुम्पेको छ ।
एकदिवसीय विश्वकप अक्टोबर ५ बाट सुरु हुनेछ र फाइनल नोभेम्बर १९ मा हुनेछ । यस पटक टिममा स्थान दिइएको खेलाडीमा रोहित शर्मा (कप्तान), विराट कोहली, जसप्रीत बुमराह, शुभमन गिल, केएल राहुल, हार्दिक पाण्ड्या (उपकप्तान), श्रेयस अय्यर, रविन्द्र जडेजा, इशान किशन, सूर्यकुमार यादव रहेका छन् । कुलदीप यादव, मो सिराज, मो शमी, अक्षर पटेल र शार्दुल ठाकुर समावेश छन्।
प्रतिक्रिया दिनुहोस