दाङ । तुलसीपुर–६ स्थित गणपति तेल मिलमा आगो लागेको छ । राति करिब पौने तीन बजेबाट लागेको आगो अहिले निभाइसकिएको छ ।
आगलानी हुँदा मिलमा १ करोड ५० लाख रुपैयाँ भन्दा बढी क्षति भएको छ । मिल रहेको दुईतले पक्की भवन, दाल पिस्ने मेसिन र मिलमा क्षति पुगेको हो ।
मिलमा जोडिएको बिजुली सर्ट सर्किट हुँदा आगो लागेको हुनसक्ने अनुमान गरिएको छ ।