aarthiknews.com शुक्रबार, २२ मंसिर २०८०   Friday, 08 December, 2023
 
Royal Enfield

चीन भ्रमणमा प्रधानमन्त्रीको एजेण्डा : राँगाको मासु बेचेर खर्बौं कमाउने !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १५ भदौ २०८०
Global IME
चीन भ्रमणमा प्रधानमन्त्रीको एजेण्डा : राँगाको मासु बेचेर खर्बौं कमाउने !
DHI
nmb

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीन भ्रमण क्रममा आफूले राँगाको मासु बेच्न छलफल गर्ने बताएका छन्‌ । राँगाको मासु चीन पठाउन सके अर्बौं/खर्बौं आम्दानी हुने दाहालले दाबी गरेका हुन्‌ । 

समाजवादी मोर्चाले कास्कीमा गरेको भेलालाई सम्बोधन गर्दै दाहालले चीन भ्रमण क्रममा आफूले घाँस र राँगाको मासु बेच्ने एजेण्डा लैजाने बताए । उनले चीनमा राँगाको मासुको माग उच्च रहेकाले नेपालबाट चीनतर्फ राँगाको मासु निर्यात गर्न सकिने पनि दाबी गरे । मोर्चाको भेला पोखरामा भइरहेको छ ।

भेलामा जानुअघि दाहालले नेपालका लागि चीनियाँ राजदूत छन्‌ सोङसँग भेट गरेका थिए । चीन भ्रमण क्रममा पोखरा र भैरहवा विमानस्थलमा उडान भर्न आग्रह गर्ने पनि दाहालले बताएका छन्‌ । यसैगरी हिल्सा-सुर्खेत सडक निर्माण सम्झौता, मुस्ताङ, मुगु र गोरखाका सीमा नाका खोल्ने विषयमा पनि कुराकानी गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस