शीर्षकहरू

आरबीबी म्युचुअल फण्ड–१ एक करोड ६८ लाखभन्दा बढी नोक्सानीमा

आरबीबी म्युचुअल फण्ड–१ एक करोड ६८ लाखभन्दा बढी नोक्सानीमा

काठमाडौं । आरबीबी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित आरबीबी म्युचुअल फण्ड १ साउन मसान्तसम्म १ करोड ६८ लाख रूपैयाँभन्दा बढी नोक्सानीमा रहेको छ । असार मसान्तसम्म ७ करोड ९५ लाख रूपैयाँभन्दा बढी नाफा गरेको योजना साउनमा भने नोक्सानीमा गएको हो । 

साउन मसान्तसम्म योजनाको आम्दानी ऋणात्मक बन्दा नोक्सानी सहनुपरेको हो । असार मसान्तसम्म ९ करोड ९८ लाख रूपैयाँभन्दा बढी जम्मा आम्दानी गरेको योजनाको साउन मसान्तसम्म यो आम्दानी १ करोड ४८ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको हो ।

खर्च रकम असार मसान्तसम्मको तुलनामा साउनमा घटेको छ । असार मसान्तसम्म २ करोड ३ लाख रूपैयाँभन्दा बढी खर्च गरेको योजनाले साउन मसान्तसम्म १९ लाख ८९ हजार रूपैयाँभन्दा बढी खर्च गरेको हो । सात वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले १२ करोड ५० लाख इकाइ जारी गरेको थियो । योजनाको प्रति इकाइ खुद मूल्य असार मसान्तसम्म ९ रूपैयाँ ६१ पैसा रहेकोमा साउन मसान्तसम्म घटेर ९ रूपैयाँ ४७ पैसा कायम भएको छ ।

धितोपत्रमा लगानी गर्ने उद्देश्यसहित सञ्चालित यस योजनाले साउन मसान्तसम्म धितोपत्रमा गरेको लगानीको परलमूल्य १ अर्ब ९ करोड ६ लाख रूपैयाँभन्दा बढी रहेको छ । योजनाले धितोपत्रमा गरेको लगानीको बजारमूल्य भने ८० करोड ३८ लाख रूपैयाँभन्दा बढी रहेको छ । साउन मसान्तसम्म योजनाले बैंक मुद्दती निक्षेमा १८ करोड ७५ लाख रूपैयाँ लगानी गरेको छ ।