aarthiknews.com शुक्रबार, २२ मंसिर २०८०   Friday, 08 December, 2023
 
Royal Enfield

हिमालयन लघुवित्तको अध्यक्षमा विजयमान नकर्मी नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १२ भदौ २०८०
Global IME
हिमालयन लघुवित्तको अध्यक्षमा विजयमान नकर्मी नियुक्त
DHI
nmb

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) को अध्यक्षमा विजयमान नकर्मी नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको मंगलबार बसेकोे २१५ औं बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो । 

संस्थापक सेयरधनी समूह हिमालयन बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्ने विजयमान नकर्मीलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरिएको हो । हिमालयन बैंक लिमिटेडबाट बैंकिङ्ग सेवा शुरु गरी करिब ३० वर्षदेखि यसै क्षेत्रमा कार्य अनुभव भएका नकर्मी हाल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेका छन् ।    

राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस संस्थाले हालसम्म ७५ शाखा कार्यालयहरु मार्फत ७५ हजार भन्दा बढी सदस्यलाई लघुवित्तीय सेवाहरु प्रदान गर्दै करिब एक अर्ब बचत संकलन गरी चार अर्ब ४३ करोड लगानी गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस